काठमाडौं- लोकप्रिय फिल्म ‘कबड्डी-४ दी फाइनल म्याच’मा दुई नायिका पक्का भएका छन्। केही समय अघि नै निर्माण घोषणा गरिसकेको टोलीले नायिका मिरुना मगर र गौमाया यात्रीलाई अनुबन्धन गरेको हो।
निर्माता तथा निर्देशक रामबाबु गुरुङले यस फिल्मलाई ‘कबड्डी’को अन्तिम सिक्वेल भनिसकेका छन्। नायिका मिरुनाले केही फिल्ममा काम गरिसकेकी छन् भने गौमायाको यो ‘डेब्यू’ फिल्म हुनेछ। गौमाया ‘भ्लगर’ हुन्।
यी दुईबाहेक अन्य कलाकार भने पुरानै दोहोरिनेछन्। यसअघि नायिकाको भूमिका निर्वाह गरेका रिश्मा गुरुङ र उपासना सिंह ठकुरी फिल्ममा रहने या नरहने भने टुङ्गो लागेको छैन। यीबाहेक फिल्मको मुख्य भूमिकामा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, जयनन्द लामा आदि फाइनल भइसकेका छन्।
यो फिल्मको टोली बैशाखबाट छायांकनमा जाने तयारीमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।