• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

चलचित्रकर्मी भन्छन्- कोरोना प्रभावित चलचित्र क्षेत्रलाई चलायमान बनाउन चुनाैती

64x64
नेपाल लाइभ सोमबार, चैत २३, २०७७  १३:३८
1140x725

काठमाडाैं- चलचित्रकर्मीहरुले कोभिड-१९ (कोरोना भाइरस) बाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चुनौती रहेको बताएका छन्। आइतबार नेपाल चलचित्र निर्देशक समाजको १३औं वार्षिक साधारणसभामा उपस्थित कलाकार तथा निर्माताहरुले यस्तो धारणा राखेका हुन्।

समाजकी अध्यक्ष रक्षासिंह राणाले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैभन्दा पहिला हल खोल्नुपर्ने बताइन्। त्यसपछि स्वास्थ्य मापदण्ड पालना गरी दर्शकलाई चलचित्र हेर्न आह्वान गर्नुपर्ने उनले बताइन्।

वरिष्ठ कलाकार नीर शाहले औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापित हुन नसकेको बताए। उनले चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीति नियम बनाए पनि औद्योगिक चरित्र हासिल नभएसम्म उद्योगको रुपमा स्थापित हुन नसक्ने बताएका हुन्। यस्तै चलचित्र क्षेत्र आफैं राष्ट्रियस्तरको बन्‍न नसकेको पनि शाहले बताएका छन्।

'जुन भाषालाई मात्र लिएर दशकौंदेखि सिनेमा बनेका छन् त्यसकै आधारमा राष्ट्रिय भइसक्नुपर्थ्यो, तर त्यसो हुन नसक्नुको मुख्य कारण सबैले जान्‍ने र माया गर्ने भाषामा चलचित्रलाई प्रस्तुत गर्न नसक्नु नै हो,' वरिष्ठ कलाकार शाहले भने, 'जबसम्म देशभरका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढङ्‍गबाट अगाडि बढाउन सकिन्‍न तबसम्म चलचित्र उद्योगले राष्ट्रिय स्वरुप हासिल गर्न सक्दैन।'

कुनै पनि वित्तीय संस्था चलचित्र निर्माणका लागि वित्तीय सहायता दिन तयार नभएसम्म नेपाली चलचित्र क्षेत्र चलायमान बन्‍न नसक्ने पनि शाहको भनाइ छ। देशभरका जुनसुकै भाषा, समुदाय, संस्कृति र संस्कारमा विश्वास गर्ने चलचित्रकर्मीहरु एकजुट भएर दरिलो वित्तीय संस्था गठन गर्न तत्पर हुन पनि आग्रह गरे। वित्तीय संस्था निर्माण गर्नसक्ने हो भने भोलिका दिनमा सम्पूर्ण मागहरुलाई सम्बोधन गर्न सकिने तर त्यसो हुन नसके आगामी दिनमा चलचित्र क्षेत्र अझ कठिन भएर जाने पनि शाहले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेतीले सरकारले कोरोना खोप सबै नागरिकलाई दिनुपर्ने र भीडमा जाँदा कोरोना सर्दैन भन्‍ने विश्वास दिलाउनुपर्ने बताए। यस्तै यसअघि राम्रो चलचित्र बनाई राम्रो आम्दानी गर्दै आएका निर्माताहरुले नै पहिलो तत्परता देखाएर चलचित्र प्रदर्शन गर्नुपर्ने उनले बताए। निर्देशक समाजका अर्का उपाध्यक्ष राजु अधिकारीले पनि दर्शकलाई हलमा जाँदा स्वास्थ्य मापदण्ड पूरा गरी सुरक्षाको आभास दिलाउनुपर्ने बताए।

निर्देशक समाजका सचिव जनकदीप बज्राचार्यले दर्शक, सरकार र सबैको सकारात्मक सहयोग भएमा थलिएको सिनेमा क्षेत्र चलायमान बनाउन सकिने बताए। यस्तै निर्देशक/निर्माता नरेश पौडेलले सरकारले पाँच वर्षसम्मका लागि चलचित्र क्षेत्रका सबै व्यवसायलाई सम्पूर्ण रुपले कर छुट गर्नुपर्ने माग गरे।

कलाकार दिनेश डिसीले सबैभन्दा पहिला गास, बास र कपासको समस्या समाधान नभइकन चलचित्र क्षेत्र चलायमान बन्‍न नसक्ने बताए। जनजीवन समान्य बन्दै गएको अवस्थामा चलचित्रकर्मीहरु सबैले आफ्नो कामलाई निरन्तरता दिई चलचित्र प्रदर्शनका लागि तयार हुनुपर्ने उनको भनाइ छ। यस्तै पहिलोपटक चलचित्र कसले चलाउने भन्‍ने अन्योल भएकाले सरकारले सहयोग गर्नुपर्ने पनि बताए। कलाकार दीपाश्री निरौलाले सामाजिक दूरी कायम गर्दै चलचित्र हेर्नका लागि आमदर्शकलाई आह्वान गर्नुपर्ने बताइन्।

कोभिडपछि जनजीवन विस्तारै समान्य बन्दै गएको अवस्थामा पनि चलचित्र क्षेत्र सूचारु हुन सकेको छैन। खासगरी कसले पहिला चलचित्र प्रदर्शन गर्ने भन्‍ने अन्योल चलचित्र निर्माताहरुमा देखिएको छ। कोभिडपछि खुलेको बजारमा चलचित्र हेर्नका लागि दर्शक नआउने हुन् कि भन्‍ने आशंकाले चलचित्र क्षेत्र चलायमान हुन नसकेको चलचित्रकर्मीहरुको भनाइ छ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्