काठमाडाैं- ७० को दशककी चर्चित बलिउड अभिनेत्री शशिकला जावलकरको निधन भएको छ। ८८ वर्षीय अभिनेत्री शशिकलाको आइतबार मुम्बइको कोलाबामा निधन भएको बीबीसीले जनाएकाे छ।
उनले सन् २००४ सम्म बलिउडमा काम गरेकी थिइन्। यसक्रममा उनले बलिउडका १०० भन्दा बढी चलचित्रमा अभिनय गरेकी थिइन्।
शशिकलाको पहिलो चलचित्र ‘जितन’ थियो। यो फिल्मको निर्माण नुरका श्रीमान शौकात रजवीले गरेका थिए। १९६२ मा रिलीज भएकाे फिल्म आरतीमा उत्कृष्ट सहायक अभिनेत्री हुँदै उनले फिल्मफेयर समेत हात पारेकी थिइन्।
त्यसपछि उनले ‘तीन बत्ती चार रास्ता’, ‘हमजोली’, ‘सरगम’, ‘चोरी चोरी’, ‘नीलकमल’, ‘अनुपमा’ लगायतका चलचित्रमा काम गरेकी थिइन्।
उनले फिल्मका साथ साथै टेली सिरियलमा समेत काम गरेकी थिइन्। उनलाई सन् २००७ मा भारत सरकारले पद्माश्री पुरस्कारबाट सम्मानित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।