काठमाडाैं- जेसन लोप्चनले निर्देशन गर्न लागेको फिल्म 'अनन्त'ले नायक-नायिका पाएको छ। नायक कर्मा शाक्य र नायिका लक्ष्मी बर्देवाले फिल्मको मुख्य भूमिका निर्वाह गर्ने पक्का भएको हो।
नायक-नायिका पक्का भएसँगै फिल्म छायांकनमा ओर्लिसकेको छ। लक्ष्मी र कर्मा दुवै रंगमञ्चबाट फिल्ममा आएका कलाकार हुन्। त्यसैले यी दुईबाट दर्शकले अपेक्षा पनि धेरै गरेको निर्माण टोलीले बताएको छ।
फिल्मका निर्देशक जेसनले छोटा फिल्महरु निर्देशन गरिसके पनि ठूलो पर्दाका लागि यो डेब्यु फिल्म हो। प्रेम पूरा गर्नका लागि हद पार गरेको कथा भन्ने फिल्मको छायांकन २० दिनमा सक्ने लक्ष्य राखिएको छ।
फिल्मको पटकथा स्वयं निर्देशक जेसनले लेखेका हुन्। किपालय प्रोडक्सनको ब्यानरमा नवविजय श्रेष्ठ निर्माताका रुपमा रहेका छन्। फिल्मलाई जीजीए ग्रुपले वितरण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।