काठमाडाैं–हास्य कलाकार सन्दीप क्षेत्रीले निर्माण गरेको फिल्म श्री हलमा नलाग्ने भएको छ। कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै यो फिल्मले हललाई नकुर्ने भएको हो।
अब फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ। यसअघि लकडाउनकै समयमा कोपिला, हिरो रिर्टन्स जस्ता फिल्म पनि ओटीटीमा नै प्रदर्शन भएको थियो। चैतको २७ गते श्री ओटीटीमा प्रदर्शन हुनेछ । निर्माण टोलीका अनुसार फिल्म एकैचोटि तीनओटा एपमा प्रदर्शन हुनेछ।
म्युजिक भिडियो एन्ड मुभी, भिडियो पसल र सिनेमाघर ५५५ मा फिल्म एकसाथ प्रदर्शन हुनेछ।
फिल्ममा सन्दीप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा लगायतको अभिनय रहेको छ।
लकडाउनकै समयमा करिब ७२ घण्टा लगाएर छायांकन गरिएको फिल्मलाई सूर्य बोहोराले निर्देशन गरेका हुन्। सविता गुरुङको निर्माण रहेको फिल्मको कथा लेखनमा निर्देशक बोहोरा सँगै शिवम अधिकारी पनि छन्।
शेरबहादुर तामाङले छायांकन गरेको फिल्ममा पैसाका लागि गर्नुपरेको दौडधुपको कथा देखाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।