काठमाडौं- राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो समयावधि सकिन लाग्दा स्थानीय तहहरूलाई विपद् व्यवस्थापन सम्बन्धी सीप हस्तान्तरण गर्न थालेको छ।
विपद् व्यवस्थापनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहहरूलाई सक्षम बनाउने उद्देश्यले कार्यशाला सञ्चालन गरी सीप हस्तान्तरण गरेको हो।
ललितपुरमा शुक्रबार सम्पन्न भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठीमा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरूले प्रशिक्षणमा पाएको ज्ञानले आफ्नो क्षेत्रमा आइपर्ने विपद्को व्यवस्थापन गर्न सजिलो हुने बताएका छन्।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले स्थानीय स्तरमा विपद् व्यवस्थापन गर्न बजेट अभाव हुने भएपनि स्थानीय श्रोत, साधन र जनशक्तिको अधिकतम प्रयोग गर्दै आएको बताएका छन्।
यस्तै, केही नीतिगत कुराहरूमा पनि स्पष्ट हुने मौका पाएको भोजपुरको षडानन्द नगरपालिकाका प्रमुख वीरवल राईले बताए।
पुननिर्माण प्राधिकरणले दिएको प्रशिक्षण प्राकृतिक विपद्को व्यवस्थापन, मानव सृजित विपद्को व्यवस्थापन र सङ्कट व्यवस्थापन समेतलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए।
प्राधिकरणले विभिन्न चरणमा ५९ वटा कार्यशाला सञ्चालन गरेको छ। हरेक स्थानीय तहमा विपद् व्यवस्थापन समिति हुने संवैधानिक व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।