• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मास्क - कपडाकै ठिक!

एलबी बस्नेत शनिबार, चैत २१, २०७७  ०८:५७
1140x725

कोभिड महामारीसँगै, मास्क हाम्रो दैनिकीको अभिन्न अवयव बनिसक्यो। कहिलेसम्म लगाउनुपर्ने हो, थाहा छैन। लामो समय मास्क लगाइरहन अप्ठ्यारो भए पनि यसको विकल्प अहिलेसम्म छैन। भ्याक्सिन लगाइसकेको भए पनि, नभए पनि मास्क लगाउनु नै रोकथामको प्रभावकारी उपाय हो।
 
छिमेकी देश भारतमा कोभिड संक्रमण भयावह बन्दैछ। एकैदिन ७२ हजार नयाँ संक्रमित थपिएसँगै भारतमा कोभिड संक्रमणको दोस्रो लहरले विकराल स्थिति निम्त्याउन सक्ने आकलन गर्न थालिएको छ। खुला सिमाना र जनजीविकाको घनिष्ट सम्बन्ध भएकोले नेपालमासमेत संक्रमणको दोस्रो लहर सुरु भइसकेको देखिन्छ। दैनिक हजारौँ मानिसहरुको आवतजावत हुने नाकाहरुमा स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रदेश स्वास्थ्य निर्देशनालयहरुको पहलमा स्वास्थ्य निगरानी गर्न विगतमा जस्तै ‘हेल्प डेस्क’ पुन:सञ्चाोलनमा ल्याइएको छ। हेल्थ डेस्कहरुमार्फत् सर्जिकल मास्कसमेत वितरण गरिएका छन् भने क्वाछरेन्टिनहरु तयारी अवस्थामा राख्नस थालिएको छ। त्यस्तै, कतिपय स्थानीय तहमा मास्क अनिवार्य गरिएको छ।

कोरोना महामारीका बेला सरकारले के-के गर्यो, के-कस्ता पाठ सिकियो भनेर स्वास्थ्य मन्त्रालयले रिपोर्ट नै सार्वजनिक गरेको छ। धेरैजसो सकारात्मक कदमहरु चाल्दा-चाल्दै पनि प्रशस्त आलोचना खेपेको हाम्रो स्वास्थ्य प्रणालीलाई कोरोनाको सम्भाव्य दोस्रो लहरलाई रोकथाम र सामना गर्ने चुनौती आइपरेको छ। यस्तोमा फेरि पनि रोकथामका उपायहरु भनेको मास्क लगाउने, हात धुने, भौतिक दूरी कायम गर्ने नै हो। फेरि ‘लकडाउन’ जस्तो कठोर र बाध्यकारी अवस्थामा पुग्नेर कि नपुग्नेर हाम्रो सामूहिक विवेकमा निर्भर छ।

महामारी लम्बिँदै जाँदा मानिसहरुमा ‘व्यावहारिक थकान’ हुने र भाग्यवादी बन्दै, जोखिमपूर्ण व्यवहार अँगाल्न थाल्छन् भन्ने वैज्ञानिक अवधारणाको सत्यतामा पछिल्लो समय शंका पनि व्यक्त भएका छन्। तर, पहिले नै मानवशास्त्रीय ढंगले भाग्यवादी भनिएका हामी नेपालीमा यो ‘व्यावहारिक थकान’ कतै यथार्थ नै त होइन?

Ncell 2
Ncell 2
nimb
nimb

समुदायमा, किन हामी स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरुले अपेक्षा गरेअनुरुप मास्कको व्यापक प्रयोग हुन सकेन त? कोरोना कसरी सर्छ भन्नेु कुरामा जनचेतनाको कमी हुनुलाई नै प्रमुख कारण मान्नर अबचाहिँ नमिल्ला! त्यसो हो भने, के हाम्रो समाजमा, गोटाको १० रुपैयाँ पर्ने सर्जिकल मास्क, सबैले प्रयोग गर्न सक्छन्? अनि, दिनदिनै नयाँ सर्जिकल मास्क नि? एक जनाले दिनको १० रुपैयाँ खर्च गर्नुपर्ने मास्क प्रयोगको आर्थिक भार सबैलाई उस्तै छ त? यसबीच, राजनीतिक कारणले ‘आमसभा प्रतियोगिता’पश्चा त कोरोना महामारीलाई नजरअन्दाज गर्ने मानसिकताको पो विकास भयो कि?
 
बढी प्रयोगमा रहेको सर्जिकल मास्कको विकल्पमा वातावरण प्रदूषण नगर्ने, पुन:प्रयोग गर्न सकिने कपडाका मास्क हुनसक्छ भनेर विश्व स्वास्थ्य संगठन र सेन्टर फर डिजिज कन्ट्रोल प्रिभेन्सन (सीडीसी)ले भनेका छन्। नेपाली बजारमा पनि कपडाको मास्क जथाभावी चल्तीमा आउन थालेका छन्। यस्ता मास्कको गुणस्तरतर्फ सरकारले ध्यान दिनु जरुरी छ। कपडाको मास्कबारे सीडीसीमा प्रकाशित अनुसन्धानमुलक लेखले भन्छ- कपडाको धेरै पत्र भएको मास्क र सर्जिकल मास्क उस्तै प्रभावकारी छ। त्यस्तै विश्व स्वास्थ्य संगठनको भनाइमा- ६० वर्षभन्दा कम उमेरका, दीर्घरोगलगायतका रोग नभएकाहरुले कपडाले बनेको मास्क लगाउँदा हुन्छ तर दैनिक साबुन वा सरफले सकेसम्म तातो पानी प्रयोग गरी धुनुपर्छ।
 
सर्जिकल मास्कबारे अर्को गम्भीर कुरा यसले प्लास्टिकजन्य वातावरण प्रदूषण अत्याधिक बढाउँदै छ भन्नेु हो। संयुक्त राष्ट्रसंघको व्याोपार तथा विकास संयन्त्र (यूएनसीटीएडी)को अनुमानमा विश्वमा ‘डिस्पोजेबल’ मास्कको व्याापार सन् २०२० मा १६६ बिलियन डलरको भयो भने सन् २०१९ मा ८०० मिलियन डलरको मात्र भएको थियो। नेपालमासमेत प्लास्टिकजन्य प्रदूषण महामारीसँगै अझ बढ्दै छ।

बाटोमा हिँड्दा भुइँतिर नियालेर हेर्नुस् त! सडकमा जहाँतहीँ देखिने रातो-रातो स-साना प्लास्टिकका टुक्रा ‘गुट्का’ नामक सुर्तीजन्य पदार्थ खाएर फालिएको खोल हो भने, अचेल दुईतिर तुना भएको एउटा निलो, हरियो, सेतो, कालो रङको अलि ठूलो टुक्रासमेत देख्नुयहुनेछ। त्यो हामीले नै प्रयोग गरेर फालेको सर्जिकल मास्क हो। यसरी फालिएका मास्कमा ‘पोलिप्रोपाइलिन’ भनिने प्लाटिक तत्व हुने भएकाले यो सहजै वातावरणमा मिसिँदैन। बरु लामो समय माटो र पानीमा रहेर जीवजन्तु र वातावरणको स्वास्थ्य बिगार्छ। यसले अन्तत: बिग्रिने मान्छेकै स्वास्थ्य हो। अझ, संक्रमितले प्रयोग गरेर फालेको मास्कबाट रोग फैलिनेसमेत सम्भावना हुन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कतिपय देशमा कपडाको गुणस्तरीय मास्क बनाएर प्रयोग भइरहेको सन्दर्भमा हामीले पनि पुनःप्रयोग गर्न नमिल्ने, वातावरण प्रदूषण गर्ने, खर्चिलो सर्जिकल मास्कको विकल्प खोज्नेा बेला भयो कि? हामीकहाँ धेरैजसो संक्रमण थुकका स-साना छिटाबाट प्रत्यक्षमात्र नभई, विभिन्ना सतहमा छोएको हातले मुख-नाकमा छुनाले फैलिरहेको हुनसक्छ। अन्त्यमा, समुदायस्तरमा कपडाको गुणस्तरीय मास्क बाँड्न र त्यसलाई सफा गरी पुन: प्रयोग गर्न सिकाइएमा मास्कको प्रयोगसमेत बढ्ने थियो। समुदायमा जति धेरै मानिसले मास्क लगायो त्यति धेरै यसको प्रभावकारिता बढ्छ।  

(लेखक लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका कम्युनिटी फिजिसियन हुन्।) 

प्रकाशित मिति: शनिबार, चैत २१, २०७७  ०८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्