काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) राष्ट्रपति भण्डारीले धारा खोलेर मेलम्ची खानेपानीको औपचारिक वितरण सुरु, पानी उपभोक्ताको १० मिटरसम्म अग्लो घरमा मेसिनको प्रयोग नै नगरी पुर्याउन सकिने ।
२) संसद् तानातानको थलो बनेको र सरकारलाई काम गर्न नदिइएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी, व्यक्तिगत आकांक्षा र असन्तुष्टिका कुरालाई प्रतिगमन भनेर आक्षेप लगाइएको आरोप ।
३) एमाले अध्यक्ष ओलीले नेताहरूमाथि गरेको कारबाही पार्टीको विधान र सिद्धान्तविपरीत भएको नेपाल–खनाल पक्षको ठहर, देशरभर नयाँ ढाँचाका कार्यक्रम ल्याउने तयारी ।
४) म्यान्मारको सुरक्षा अवस्था अझ नराम्रो र ’नियन्त्रणबाहिर’ जान सक्ने खतरा रहेको म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिको अनुमान, अहिलेसम्म ४३ बालबालिकाको हत्या’ ।
५) र, एएफसी कप फुटबलअन्तर्गत आर्मी र श्रीलंका पुलिसको खेल हेर्न आउने दर्शकको लागि टिकटको मूल्य निर्धारण, साधारणतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय रुपैयाँ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।