काठमाडाैं- कोभिड-१९ का कारण प्रदर्शन मिति तोकेका चलचित्र धमाधम पछि हटेपनि निर्माणको क्रम भने बढिरहेको छ।
यही सिलसिलामा फिल्म 'मिरर'ले पनि छायांकनमा जाने मिति सार्वजनिक गरेको छ। लागूऔषध दुर्व्यसनीको कथा भन्ने फिल्म मिरर वैशाखको दोस्रो सातादेखि छायांकनमा जाने भएको हो।
कोरियोग्राफरको रुपमा सफलता पाइसकेका कविराज गहतराजले यसै फिल्मबाट निर्देशनमा हात हाल्न लागेका हुन्। फिल्ममा नायक आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ।
फिल्मका कलाकारहरू को को रहने भन्नेबारे औपचारिक घोषणा नभएपनि नायक आर्यन सिग्देलले नयाँ प्रोजेक्ट मिरर भन्दै एक टोलीको फोटो राखेका छन्। फोटोमा कलाकार प्रशान्त ताम्राकार, सलोन मानसिंह बस्नेत लगायतका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।