प्रतीकात्मक तस्बिर
काठमाडाैं–मेलम्ची खानेपानीको आज औपचारिक रुपमा उद्घाटन गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्ने मेलम्ची खानेपानी आयोजनाले बताएको छ।
दिउँसो २ बजे राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा बनाएइको धारा खोलेर मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्।
हाल काठमाडौंको महांकाल, मीनभवन र खुमलटारको ट्यांकीबाट पानी वितरण भइरहेको छ।
यसैबीच, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आजदेखि बालाजु वितरण केन्द्रबाट पनि मेलम्चीको पानी वितरण सुरु गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।