काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) कांग्रेस र जनता समाजवादी पार्टी स्पष्ट नहुँदा सरलाई दिएको समर्थन फिर्ता लिन नसकिएको माओवादी केन्द्रको दाबी, आफ्नै दृष्टिकोणको आधारमा निर्णय गर्न आग्रह ।
२) नेकपाको नाम विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसला, पुष्पकमल दाहाल प्रचण्डको माग अस्वीकार, एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला पुनरावलोकन नहुने ।
३) लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षासम्बन्धी व्यवस्था परिवर्तन, मोटरसाइकल र कारको ट्रायलमा ७० अंक ल्याए पास, आगामी जेठ १ देखि कार्यान्वयनमा ल्याउने तयारी ।
४) म्यानमारमा जारी प्रदर्शनले लिदैं उग्ररुप, बुधबार थप ४ प्रदर्शनकारीको मृत्युपछि मृतकको संख्या ५२० नाघ्यो, म्यानमार दूतावासका सबै कर्मचारीलाई अमेरिकाले फिर्ता बोलायो ।
५) र, ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेश टिमको घोषणा, नेरी थापाको कप्तानीमा १४ सदस्यीय रहने, उपकप्तानको जिम्मेवारी सरस्वती पुनलाई ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।