काठमाडौं- ललितपुर स्पोर्टस् क्लब र ताम्राकार समाजको आयोजनामा चैत्र २० देखि २६ गतेसम्म गणेशमान सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता आयाेजना हुने भएकाे छ।
ललितपुर स्पोट्स क्लबले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन प्रतियाेगिता ललितपुरको जावलाखेलस्थित ताम्रकार समाज भवनमा हुने जानकारी दिएकाे हाे।
प्रतियोगिताको विजेताले यामाहा सलुटो मोटर साइकल पुरस्कार पाउने छन्। उपविजेताले ६० हजार रुपैयाँ पाउँदा तेस्रो र चौथो हुनेले क्रमशः ३० र २५ हजार रुपैयाँ पाउने छन्।
प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ। सातौ चरणको स्वीस लिगबाट सेमिफाइनलमा चार जना खेलाडीहरु प्रवेश गर्नेछन्। बाँकी खेलाडीहरुले स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म खेल्नु पर्नेछ। यो चरणको लागि दुई लाख २६ हजार ४०० रुपैयाँ पुरस्कारको व्यवस्था गरेको छ। जसअनुसार लिगको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगर हात पार्नेछन्।
त्यस्तै, चौथौंदेखि १५ औं सम्मलाई पनि नगद पुरस्कारको व्यवस्था छ। १८०० रेटेड, १६०० रेटेड मूनि, महिला, अनरेटेड, भेट्रान, यु १६ र वेष्ट ललितपुर हुने खेलाडीलाई पनि नगद पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा १५० जना खेलाडीले सहभागिता जनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।