काठमाडौं- सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले पाँचौ आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन्।
दशरथ रंगशालामा बिहीबारबाट सुरु भएको लिग भलिबल च्याम्पियनसिपमा एपीएफ र पुलिसले जित निकालेका हुन्। एपीएफ क्लब र बुलबुले रारा क्लबलाई ३-१ सेटले पराजित गरेको हो।
पहिलो र दोस्रो सेटमा बुलबुलेलाई २५-२०, २८-२६ ले हराएको एपीएफ तेस्रो सेटमा भने २५-१८ ले पराजित भयो। चौथो सेटमा भने एपीएफले ३२-३० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो।

त्यस्तै, यसअघि भएको पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई ३-० को सेटमा पराजित गर्न सफल भयो। तीनै सेट आफ्नो पक्षमा पार्ने क्रममा पुलिसले २५-०९, २५-२१ र २५-१६ ले पराजित गरेको हो।
महिलातर्फ बिहीबार नै भएको खेलमा न्यू डायमण्डले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा नै जित निकाल्दै न्यू डायमण्डले महत्वपूर्ण तीन अंक बटुलेको छ। डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५-०६, २५-०२ र २५-०५ ले पराजित गरेको हो।
दशरथ रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।