काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेकपा नामसम्बन्धी माओवादी केन्द्रको पुनरावेदन निवेदन सर्वोच्चमा दर्ता, रिट निवेदकको निवेदनभन्दा बाहिर गएर गरेको निर्णय सर्वोच्च अदालतले पुनरावलोकन गर्ने प्रचण्डको विश्वास ।
२) केपी ओलीका विरुद्ध सक्रिय हुन माधव नेपाल पक्षको आह्वान, ओलीमा पार्टी विभाजन गर्ने दुराशय देखिएको आरोप, नेता नेपाल र रावललाई झुठा लाञ्छना लगाइएको तर्क ।
३) चक्रपथको दोस्रो खण्ड विस्तार: महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई सरकारको आग्रह, पूर्वतयारीमै बित्यो तीन वर्षभन्दा बढी समय ।
४) लोकतान्त्रिक सरकार पुनर्वहाली नहुँदासम्म म्यानमारसँगको व्यापार सम्झौता स्थगित गर्ने अमेरिकाको घोषणा, केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीद्वारा जानकारी ।
५) र, न्युजिल्यान्डले जित्यो बंगलादेशविरुद्ध तीन खेलको टी–ट्वान्टी सिरिज, एक खेलअघि नै सिरिज आफ्नो पक्षमा, अन्तिम टी–ट्वान्टी खेल अप्रिल १ मा हुने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।