काठमाडौं- नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा ४ स्वर्ण, २ रजत र ३ कास्य जित्दै इतिहास रचेकी खेलाडी गौरिका सिंहले पुल्चोकमा हार्दिक फिटनेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गरेकी छिन्।
पोखरीको उद्घाटनपछि गौरिकाले पोखरीका साथै क्लबमा रहेका विभिन्न सेवाको अवलोकन पनि गरिन्। सानो र ठूलो गरी दुई पौडी पोखरी झण्डै एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको क्लबका सञ्चालक विराज विष्टले जनाएका छन्। पोखरीमा सुविन लामा र सानो भाइ पौडेललाई प्रशिक्षकका रुपमा राखिएको क्लबले जनाएको छ।
गौरिकालाई क्लबले आजीवन निःशुल्क सदस्यता प्रदान गरेको क्लबका अर्का सञ्चालक मन्दिर राणाले जानकारी दिए। त्यस्तै १३औं सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई क्लबले एक वर्षका लागि निःशुल्क सदस्यता प्रदान गरेको छ।
सन् १९९८ मा जिमखानाका रुपमा स्थापना गरिएको क्लबले आफ्नो सेवालाई विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याइएको सञ्चालक विष्टले बताए।
क्लबले जिमका लागि ५ जना प्रशिक्षक पनि नियुक्त गरेको छ। प्रशिक्षकहरुमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कास्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दिपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन्।
s

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।