• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

शक्तिकेन्द्र रिझाएर ‘इन्चार्ज टु इन्चार्ज’ बनिरहने एसपी रूपन्देहीबाट किन तानिए?

64x64
नारायण अधिकारी मंगलबार, चैत १७, २०७७  १७:४७
1140x725

काठमाडौं- गृह मन्त्रालयले सोमबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पिताम्बर घिमिरेलाई अचानक त्यहाँबाट हटाएर पर्साको प्रमुख जिल्ला अधिकारीमा सरुवा गर्‍यो। उनको ठाउँमा पर्साका सीडीओ अस्मान तामाङलाई पठाइयो। सोमबार नै गृहको निर्देशनमा प्रहरी प्रधान कार्यालयले रूपन्देहीका प्रहरी प्रमुख, एसपी प्रवीण पोखरेललाई मुख्यालय तानेर उनको ठाउँमा मनोज केसीलाई पठायो। 

सीडीओ र जिल्ला प्रहरी प्रमुख मात्र होइन, सोमबार गृह मन्त्रालयकै निर्देशनमा सशस्त्र प्रहरी बलका रूपन्देही प्रमुख पनि जिम्मेवारीबाट हटाइए। सशस्त्र प्रहरी प्रधान कार्यालयले २७ नम्बर गण रूपन्देहीका गणपति, एसपी भरत खनियाँलाई हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी राजु सुवेदीलाई पठाएको छ। 

उनीहरू तीनै जनाको सरुवा गरिएको पुष्टि गरेपनि गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सरुवाको कारणबारे भने खुलाउन चाहेनन्। उनले भने, ‘आवश्यकता अनुसार सरुवा गरिएको हो।’ 

जानकार स्रोतका अनुसार तीनै जनाको जिम्मेवारी खोसिनुको मुख्य कारण भने अर्थमन्त्री विष्ण पौडेल हुन्। पौडेलकै दबाबमा गृह मन्त्रालयले तीनै जनाको जिम्मेवारी खोसेको स्रोतले नेपाल लाइभलाई बतायो। 

गत फागुन १२ गरे रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई आक्रोशित स्थानीयले ढुंगामुढा गर्दै लखेटेका थिए। त्यही घटनालाई आधार बनाएर तीनै जनाको सरुवा गरिएको हो। सरुवा गरिएका तीनै जनालाई ‘मन्त्रीहरूलाई राम्रोसँग सुरक्षा दिन नसकेको’ आरोप लागेको छ।

सरुवा भएका तीन जनामध्ये सशस्त्रका एसपी खनियाँ भने अर्थमन्त्री पौडलकै कारण आकर्षक ठाउँको जिम्मेवारी पाएका अधिकृत हुन्। रोचक त के भने जसको जोडबलमा खनियाँले इन्चार्जको जिम्मेवारीमा ‘ह्याट्रिक’ गरे, उनैलाई सुरक्षा दिन नसकेको भन्दै जिम्मेवारीबाट हटाइनुपरेको छ। पटक-पटक विवादमा परेका र सशस्त्र प्रहरी हेडक्वार्टरले कारबाही गर्न खोज्दा शक्तिकेन्द्रसँगको पहुँचका कारण जोगिँदै आएका खनियाँको इन्चार्जको जिम्मेवारीमा ह्याट्रिक श्रृंखला भने रोचक छ।

आफ्नै ब्याचीको सरुवामा समेत इन्चार्ज
गत पुस ५ गते सशस्त्र प्रहरी प्रधान कार्यालयले दुईजना एसपीको काज सरुवाको सूची निकाल्यो। २७ नम्बर गण रूपन्देहीमा कार्यरत एसपी तेजप्रसाद पोखरेलको एक वर्ष पुगेकाले उनको ठाउँमा सशस्त्र प्रहरी बलको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौंमा कार्यरत एसपी शंकर खनालको सरुवा सूची निकालिएको थियो।

सिसं ४ व्यवस्थापन तथा योजना तालिमको समापन कार्यक्रम सकेर तीन सातापछि सरुवा भएको ठाउँ रूपन्देही जान एसपी खनालले दिउँसो २ बजेको हवाई टिकट समेत लिइसकेका थिए। त्यसको दुई घण्टा अघि नै हेडक्वार्टरले एसपी खनाललाई तत्काल रूपन्देही नजान भन्यो। हेडक्वार्टरको आदेशपछि उनी रोकिए। एसपी खनाल रोकिनुको कारण भने उनकै ब्याची, एसपी भरत खनियाँ थिए।

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय सीमासँग जोडिएका तराईका जिल्लालाई ‘पोस्टिङ’का लागि आकर्षक मानिन्छ। कारण हो, सीमाक्षेत्रमा हुने सक्ने ‘कमाई’को आकर्षण। त्यही आकर्षणकै कारण एसपी खनियाँले चलखेल गरेर खनाललाई पन्छाए र २७ नम्बर गण रूपन्देहीको इन्चार्ज बने।

त्यसअघि उनी ३६ नम्बर गण डोटीको प्रमुख भइसकेका थिए। डोटीमा गण प्रमुख भएकै बेला अर्थमन्त्री विष्णु पौडेलको निकट मानिएका उनी त्यहाँबाट पौडेलकै गृहजिल्ला रूपन्देही पुगेका थिए। जबकि एसपी खनियाँको दरबन्दी अहिले पनि डोटीमै छ। 

शक्तिकेन्द्र रिझाएर इन्चार्जमा ‘ह्याट्रिक’
सशस्त्र प्रहरी बलमा सामान्यतया ‘इन्चार्ज टु इन्चार्ज’ सरुवा नहुने अभ्यास छ। अर्को व्यक्तिले इन्चार्ज नपाएको अवस्था छ भने सामान्यतया इन्चार्जबाट इन्चार्जमै सरुवा नगरिने सशस्त्र प्रहरी बलका प्रवक्ता, डीआइजी राजु अर्याल बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एकै व्यक्तिलाई इन्चार्जबाट इन्चार्जमै सरुवा गर्दा अर्को व्यक्तिले अवसर नपाउने र नेतृत्व विकास, वृत्ति विकास र सुरक्षा व्यवस्थामा समेत असर पर्ने भएकाले सामान्यतया यस्तो सरुवा गरिँदैन। तर, एसपी खनियाँ त्यसमा अपवाद ठहरिएका अधिकृत हुन्। उनले इन्चार्जमा ‘ह्याट्रिक’ नै गरे।  

डोटीको ३६ नम्बर गण प्रमुखबाट रूपन्देहीको २७ नम्बर गण प्रमुख बनेका उनी डोटी अघि पश्चिम नवलपरासीको २६ नम्बर गण प्रमुख थिए। संगठनकै नीति र अभ्यासविपरीत एसपी खनियाँले इन्चार्जको जिम्मेवारी कसरी पाए त? सशस्त्र प्रहरी प्रधान कार्यालय स्रोत भन्छ, ‘उहाँलाई संगठनले चाहेर इन्चार्ज टु इन्चार्जमा जिम्मेवारी दिएको होइन। थेग्न नसकिने दबाब आएपछि त्यहीअनुसार गरेको हो।’

सशस्त्र प्रहरी हेडक्वार्टर स्रोतका अनुसार खनियाँ एमाले नेता तथा अर्थमन्त्री पौडेलको निकट छन्। उनी डीएसपी हुँदा पनि बुटवलस्थित औद्योगिक सुरक्षा गुल्मको गुल्मपति थिए। बुटवलमा कार्यरत हुँदा नेता पौडलसँग खनियाँको सम्बन्ध राम्रो बाक्लिएको हो। त्यसपछि नै उनले आकर्षक ठाउँमा इन्चार्जको जिम्मेवारी पाइरहेको सशस्त्र प्रहरी हेडक्वार्टर स्रोत बताउँछ। 

छानबिन भएर पनि रोकिएको ‘कारबाही’ 
एक वर्षअघि सुरु भएको लकडाउनका बेला एसपी खनियाँ २६ नम्बर गण, पश्चिम नवलपरासीको प्रमुख थिए। त्यहाँ पैसा लिएर तस्करलाई छाडिरहेको गुनासो तीब्र थियो। त्यहीबेला खनियाँकै गणका एक सशस्त्र प्रहरी जवान घुस लिएको रकमसहित समातिएका थिए। 

एसपी खनियाँविरुद्ध पनि गुनासो आएपछि शसस्त्र प्रहरी प्रधान कार्यालयले छानबिनका लागि प्रदेश ५ कार्यालयमा कार्यरत एसपी तीर्थ पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो। समितिले एसपी खनियाँमाथि कारबाही गर्नुपर्ने रायसहित प्रतिवेदन बुझाए पनि उनीमाथि कारबाही अघि बढेन। 

डोटीमा दर्बन्दी हुँदाहुँदै उनी रूपन्देहीको गण प्रमुख बनेर आउँदा पनि कारबाही गर्नुपर्ने कुरा उठेको थियो। इन्चार्ज हुँदाहुँदै संगठनको 'चेन अफ कमाण्ड'लाई अस्वीकार गरी शक्तिकेन्द्र रिझाएर पुनः अर्को ठाउँमा इन्चार्ज हुन खोजेको भन्दै सशस्त्र प्रहरी हेडक्वार्टरले नै एक्सन लिन खोजे पनि उनी शक्तिकेन्द्रकै दबाबमा कारबाही रोक्न सफल भएका थिए। 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्