• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

के हुँदैछ श्रीमती हत्याका अभियुक्त पूर्वडिआइजी रञ्जन कोइरालाको पुनरावेदन मुद्दा?

64x64
नेपाल लाइभ बुधबार, चैत १८, २०७७  ०८:११
1140x725

काठमाडौं– श्रीमतीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका र सर्वोच्चको आदेशमा बिचमै छुटेका सशस्त्र प्रहरी बलका तत्कालीन डिआइजी रञ्जन कोइरालाको मुद्दा सर्वोच्च अदालतमा ६ महिनादेखि पेसीको पालो कुरेर बसेको छ। 

जिल्ला अदालत र उच्च अदालतले कोइरालालाई गरेको जन्मकैदको सजाय उल्ट्याउँदै सर्वोच्च अदालतले उनको सजायलाई आठ वर्षमा झारेपछि सरकारले सर्वोच्चमा पुनरावेदन गरेको थियो। त्यसपछि यो मुद्दा गत साउनमा फेरी सुरु भएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर कार्कीको इजलासले जिल्ला र उच्च अदालतले गरेको २० वर्ष कैद सजायलाई घटाउने फैसला असार १५ गते सुनाएको थियो।

सर्वोच्चले विभत्स रुपले श्रीमतीको हत्या गरेको जघन्य अभियोग लागेका कोइरालालाई कैदमा भारी छुट हुने फैसला सुनाएपछि आमरुपमा समेत चर्को विरोध भएको थियो। लगत्तै सर्वोच्चमा सरकारी पक्षले पुनरावेदनको निवेदन दर्ता गरेको थियो। सरकारको पुनरावेदन दर्ता भएलगत्तै कोइरालाको फैसला त्रुटिपूर्ण भएको स्वीकार गर्दै सर्वोच्चले नै पुनरावेदनको अनुमति दिएको थियो। फैसला भएको एक महिनाभित्रै सरकारले निवेदन दर्ता गराएको र त्यसको दुई दिनमै स्वीकार गरेको थियो। 

गत साउन ९ गते सरकारका तर्फवाट सर्वोच्चमा निवेदन दर्ता भएको थियो। सर्वोच्चले साउन ११ गते निस्सा हुने फैसला सुनाएको थियो। निस्सा हुने फैसला सुनाएको सात महिनासम्म पनि यो मुद्दा दोस्रो पेसीमा चढ्न सकेको छैन। 

सरकारी वकिलको कार्यालयले दर्ता गरेको पुनरावेदन निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तीन जनाको पूर्ण इजलासमा तोकेका थिए। जबराले त्यसबेला न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलास गठन गरेका थिए।

सोही इजलासले पुनः सुनुवाइ हुने अनुमति दिएको हो। कोइरालालाई प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले असार १५ गतेको फैसलामार्फत सजाय सहुलियत दिएको थियो। 

यो पनि पढ्नुहोस्

 

रञ्जनको पुनरावलोनकमा सर्वोच्चको ठहर : ‘भवितव्य भन्न मिल्दैन’आइतबार, साउन ११, २०७७

२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेको अभियोग लागेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। कोइरालाले नै श्रीमती गीता ढकालको हत्या गरेको ठहर अदालतले गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो। जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो। फैसलालगत्तै कोइराला जेलवाट छुटेका थिए। 

यस्तो थियो सर्वोच्चको फैसला 

दुई तहका अदालतको फैसलापछि पूर्वडिआइजी कोइरालाले आफू निर्दोष रहेको जिकीर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतमा पेस भएका प्रमाण केलाउँदा रञ्जनले श्रीमती गीताको हत्या गरेको ठहर सर्वोच्चले समेत गरेको थियो। तर, उसले अनौठो तवरले सजाय भने भारी मात्रामा कटौती गरेको थियो। ‘२०६८ पुस २७ गते दुई जनाबीच भएको वादविवादपछि हात हालाहाल हुँदा रञ्जनले नै हत्या गरेको पुष्टि हुन्छ,’ सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘गीता ढकालले व्यापारका लागि पैसा मागेका कारण कोइराला दम्पतीबीच विवाद भएको र दुवै पक्षबीच झैझगडा र वादविवाद भई आवेगमा आई रञ्जन कोइरालाले धकेल्दा भित्तामा ठोक्किएर गीताको मृत्यु भएको देखिन्छ।’  

रञ्जनले प्रहरीसमक्ष आफैंले हत्या गरेको भनी गरेको बयान, लास जलाएको स्थानमा भेटिएका हड्डीका टुक्रा, आगोले डढेको लेडिज घडी, शरीरको आधाभन्दा बढी हिस्सा जलेको अवस्थामा फेला परेको शवको लासजाँच मुचुल्का, घटनास्थल प्रकृति मुचुल्काको व्यहोरा, घटनास्थलमा भेटिएका अवशेषहरू महिलाको भएको, शरीर पूरै जलेको भन्ने शव परीक्षण प्रतिवेदनलगायतलाई अदालतले प्रमाणको रुपमा स्वीकार गरी फैसला गरेको पूर्णपाठमा उल्लेख छ। 

यो पनि पढ्नुहोस्

गलत ठहर होला त प्रधानन्यायाधीश राणाको इजलाशले गरेको फैसला?आइतबार, साउन ११, २०७७

‘गीताको मृत्युपछि दुई नाबालक छोराको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्य अभिभावकविहिनताको कारणले अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा दुरगामी प्रभाव पर्न जाने कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जानेजस्तो चित्तमा लागेको हुँदा फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १७ (क) बमोजिम कैद गर्दा सजायको मकसद पूरा हुने देखिन्छ। रन्जनप्रसाद कोइरालालाई ८ बर्ष ६ महिना कैद हुने ठहर्छ,’ फैसलामा भनिएको छ। 

‘मकवानपुरको मेत्राङमा पाइएको अस्थिपञ्जर गीता ढकालकै रहेछ र निजलाई मृत्युपश्चात् जलाइएको रहेछ भन्ने कुरा प्रमाणित हुन आई मिसिलमा जेजस्ता दशी प्रमाणहरू मौजुद छन्। तिनको समग्रमा अध्ययन र विश्लेषण गरी हेर्दा रञ्जनप्रसाद कोइराला निर्दोष भन्न सकिने अवस्था देखिएन,’ फैसलामा भनिएको छ, ‘प्रमाणहरुको मूल्याङ्कन गर्दा मृतक गीता ढकालको मृत्यु रञ्जनप्रसाद कोइरालाबाटै भएको देखिन आयो।’ 

यसरी गीताको हत्यामा रञ्जनलाई नै जिम्मेवार ठहर गरे पनि सर्वोच्च अदालतले उनलाई भएको सजाय घटाइदिएको हो। 

यस्तो थियो घटना 

डिआइजी कोइराला र श्रीमती गीता कोइरालाका बीचमा सम्बन्ध राम्रो थिएन। उनीहरु अलग्गै बस्दै आएका थिए। उनीहरुका २ जना छोरा छन्। त्यसबीचमा गीता  एकाएक बेपत्ता भइन्। छोरी बेपत्ता भएपछि माइती पक्षले खोजी गरे तर, पत्ता लाग्न नसकेपछि २०६८ पुस २९ गते रञ्जनले श्रीमती गीता ढकाललाई बेपत्ता पारेको दाबी गर्दै माइती पक्षले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिर्ता गराएका थिए। 

परिसर प्रमुख त्यसबेला रञ्जनका साथी, एसएसपी राजेन्द्र श्रेष्ठ थिए। बहालवाला डीआइजीले आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेपछि अनुसन्धान पनि निकै जटिल र दबाबपूर्ण थियो। प्रहरीसँग रञ्जनलाई तत्काल पक्राउ गर्न ठोस प्रमाण थिएन। तर, रञ्जनलाई पक्राउ गर्न चर्को दबाव सिर्जना भएको थियो। तत्कालीन समयमा सञ्चार माध्यमले पनि यसलाई महत्व दिएर उठाएका थिए। 

यही दबाबबीच प्रहरीले रञ्जनलाई बयानमा बोलाएको थियो। उनी परिसरमा उपस्थित भएर हरेक पटक आरोप अस्वीकार गरिरहे। ‘श्रीमतीसित राम्रो सम्बन्ध थिएन, राती–राती एक्लै हिँड्ने, कतै गई होली,’ उनले यस्तै बयान दिने गरेका थिए। तर, माइती पक्षले भने कोइरालाले नै अपहरण गरेको जिकिर गरिरहेका थिए।

यो पनि पढ्नुहोस्

रञ्जन कोइरालाको फैसला सर्वोच्चमा पुनः सुनुवाइ हुनेआइतबार, साउन ११, २०७७

रञ्जनको वैवाहिक जीवन पहिलेदेखि नै सुखद थिएन। त्यतिबेला उनीहरु छुट्टिएर बस्थे। ठूला भइसकेका दुई छोरा आमासित बस्थे। यही शंकालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढायो। रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण केही थिएन। त्यसैले सुरुमा प्रमाण जुटाउन प्रहरी केन्द्रित भयो। 

गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राती साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान ५ बजेतिर फर्केको ‘क्लू’ प्रहरीलाई हात लाग्यो। त्यसपछि हरेक गतिविधिमाथि निगरानी बढाइयो। 

२०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा लास ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले फेला पारेको खबर प्रहरीले पायो। आफ्नै गाउँ नजिक यसरी लास जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थालेका थिए। रञ्जन घटनास्थलमा दोस्रोपटक पुगेका थिए। उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए। तर, आफू सशस्त्रको डीआइजी भनेर उनी सजिलै छुट्न सफल भएका थिए। 

यो पनि पढ्नुहोस्

जिल्ला र उच्चको निर्णय उल्टाउँदै श्रीमती हत्या गरेका रञ्जनलाई साढे ८ वर्ष मात्र कैदको फैसलाशनिबार, साउन ३, २०७७

महानगरीय प्रहरी परिसर हनुमानढोकामा त्यो खबर पुगेलगत्तै उनलाई पक्राउ गर्न सर्कुलर गरिएको थियो। त्यहाँबाट फर्किने क्रममा नागढुंगामा उनलाई पक्राउ गरियो। त्यसलगत्तै रञ्जनले अपराध गरेको स्वीकार गरे। लासको डिएनए टेस्ट गरियो। त्यसबाट पनि गीताकै भएको प्रमाणित भयो। 

प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको देखिएको थियो। हत्यापछि प्रमाण नष्ट गर्नका लागि लासलाई गाडीमा हालेर पालुङ पुर्‍याएको, पेट्रोल पनि घरबाटै लिएर गएको र राति जंगलछेउमा गाडी रोकेर लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पाइएको थियो।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन जेड आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न रास्वपा सांसद शर्माको माग
उद्योगमन्त्री बन्दै दीपककुमार साह
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा
सम्बन्धित सामग्री
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
विस्फोटक पदार्थसहित एक पक्राउ अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
जेन जेड आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न रास्वपा सांसद शर्माको माग बिहीबार, भदौ २५, २०८३
उद्योगमन्त्री बन्दै दीपककुमार साह बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम हुन्छु : गगन थापा बिहीबार, भदौ २५, २०८३
एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ : सांसद अमरेश बिहीबार, भदौ २५, २०८३
शेयर बजार: नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१.५५ बिन्दुमा बन्द बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
सेनाले भोटेकोशीको टनेलमा थप एउटा शव फेला पर्‍यो बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्