काठमाडौं- फागुन शुल्क पूर्णिमामा मनाइने होली पर्व काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आइतबार मनाइएको छ। आइतबार दिउँसो राजधानको बसन्तपुरमा फागुपर्व उल्लासपूर्वक मनाइएको हो।
तैपनि मानिसहरूले बसन्तपुरको डबलीमा जम्मा भएर होली पर्व मनाएका हुन्। युवाहरूले होलीका गीत गाउँदै शुभकामना साटासाट गरेका थिए।
पर्वमा उच्छृंखल गतिविधि गर्ने केही युवालाई प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ।
गत आइतबार काठमाडौँको बसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व सुरु भएको थियो। चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ।
तराईका क्षेत्रमा भने सोमबार होली मनाइँदै छ।
बसन्तपुर क्षेत्रमा देखिएको होलीको उमंग तस्बिरमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।