काठमाडौं- भैरहवाकी सृष्टी मगरलाई हराउँदै कोटेश्वर तेक्वान्दो डोजाङकी सुस्मिता मोक्तानले तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर ६२ किलो तौल समूहमा उपाधि जितेकी छिन्। स्पर्धामा छिन्छुकी रेविना बिक र इटहरीकी सुबना खनीयाले कास्य पदक जिते।
४१ किलो तौल समूह जुनियरमा युनिककी सदीक्षा कार्की पहिलो, लैनचौरकी आकृती गुरुङ दोस्रो तथा युनिगर्ल्सकी विनिसा राई र लैनचौरका दिया रजक तेस्रो भए।
५३ किलो तौल समूह सिनियरमा सुपरस्टारकी निलिमा मल्ल पहिलो, चितवनकी रोशनी लिम्बु दोस्रो तथा रत्ननगरकी उमा तिवारी र कोटेश्वरकी गीता कठायत तेस्रो भए।
१५ वर्षमुनिको टिम पुम्सेमा कपन टाइगर पहिलो, स्युचाटार दोस्रो तथा बुटवल र सुप्रीम स्कुल तेस्रो भए। १८ वर्षमुनिको टिम पुम्सेमा स्युचाटार पहिलो, युनाइटेड दोस्रो र बुटवलका खेलाडी तेस्रो भए।
१५ वर्षमुनिको एकल पुम्सेमा सुपर स्टारकी सानीया ओली पहिलो, स्युचाटारकी सुदिका सापकोटा दोस्रो तथा युनिगर्ल्सकी पूर्णीमा बस्नेत र बुटवलकी रोशनी तामाङ तेस्रो भए।
१८ वर्षमुनिको स्पर्धामा स्युचाटारकी मोनिका रम्तेल पहिलो, चितवनकी जैनब खातुन दोस्रो तथा स्युचाटारकी मोनिका मगर र स्मृती भित्रीकोटीले कास्य पदक जिते। २३ वर्षमुनिको समूहमा मुलपानीकी चन्दु शाहीले स्वर्ण, युनिगर्ल्सकी रोशनी श्रेष्ठले रजत तथा नेपालगञ्जकी अञ्जली राई र रत्नगरकी सृजना कुवँरले कास्य पदक जिते।
३० वर्षमुनिको समूहमा सुप्रीमकी अनु लामाले स्वर्ण र अल्फाकी सुनिता विष्टले रजत पदक जिते।
१५ वर्षमुनिको युगल पुम्सेमा स्युचाटारका रोशनी शाह र स्वस्तीका सापकोटाले स्वर्ण तथा सुपर स्टारका सम्झना ओली र दीपशिखा रानाभाटले रजत पदक जिते। यसैगरी, युनिगर्ल्सका तोरण कुमारी बस्नेत र पूर्णिमा बस्नेत तथा बुटवलकी अनुस्का तामाङ र रिषिका थापाले कास्य पदक जिते।
१८ वर्षमुनि स्युचाटारकै मोनीका रम्तेल र मोनीका मगरको जोडी पहिलो भयो। सुपरस्टारका माया मल्ल र निलिमा मल्ल दोस्रो भए। यसैगरी, बुटवलकी आशा बिक र एलिजा रोकाय तथा युनाइटेडका साहरा जोशी र सुप्रिया तिमल्सिनाले कास्य पदक जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।