• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा पुनःस्थापनाको फैसलापछि प्रधानन्यायाधीशले किन गठन गरेनन् संवैधानिक इजलास?

64x64
दुर्गा दुलाल आइतबार, चैत १५, २०७७  २१:३५
1140x725

काठमाडौँ- गत फागुन ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर हुने फैसला सुनायो। त्यसका लागि इजलासले दुइ महीनासम्म सुनुवाई गरेको थियो, एक महीना त निरन्तर सुनुवाई गरेको थियो। 

सर्वोच्चको यो फैसलापछि विघटित प्रतिनिधि सभा पुनःस्थापना भयो। अहिले प्रतिनिधि सभाको हिउँदे अधिवेशन चलिरहेको छ। तर, त्यो फैसलायता भने सर्वोच्चमा संवैधानिक इजलास गठन भएको छैन। प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश रहने संवैधानिक इजलास गठन नभएको एक महिना नाघिसकेको छ। 

सर्वोच्च अदालतमा चार सय भन्दा धेरै संवैधानिक विवादका मुद्दा छन्। ती सबै संवैधानिक इजलासमा विचाराधीन छन्। सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा सदस्य वामदेव गौतमको मुद्दा पनि संवैधानिक इजलासमा विचाराधीन छ। त्यस्तै, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर गरिएका नियुक्ति खारेज हुनुपर्ने जिकीर गरिएका रिट पनि संवैधानिक इजलासमा सुनुवाईको पालो पर्खेर बसेका छन्।

सर्वोच्च अदालतमा चार सय भन्दा धेरै संवैधानिक विवादका मुद्दा छन्। ती सबै संवैधानिक इजलासमा विचाराधीन छन्।

गत मंसिर ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गर्र्र्दै विभिन्न रिक्त संवैधानिक निकायमा संवैधानिक परिषद्मार्फत् नियुक्तिको सिफारिस गरेका थिए। प्रतिनिधि सभाको वर्खे अधिवेशन अन्त्य भएको र हिउँदे अधिवेशन वोलाउने समय भएको बेला अध्यादेशमार्फत् नियुक्ति गरेपछि त्यसविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा पाँच थान रिट निवेदन पुगेका थिए। संवैधानिक इजलास वाहेक नियमित इजलासमा सभामुख अग्निप्रसाद सापकोटा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट विचाराधीन रहेका छन्। क्यासिनोको रोयल्टी विवाददेखि सदरमुकाम र केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार विवाद सम्वन्धी मुद्दा संवैधानिक इजलासमा रोकिएका छन्।  

सुनुवाइ नै भएनन् अध्यादेशविरुद्धका निवेदन 
मंसिर ३० मा जारी अध्यादेश विरुद्ध सर्वाेच्च अदालतमा पुस १ गते रिट दायर भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषद् समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। उक्त रिटको संवैधानिक इजलासमा सुनुवाइ हुनुपर्नेमा ४५ दिनसम्म पहिलो सुनुवाइ समेत हुने मौका पाएन। नियुक्ति पाउनेले पदबहाली गरेर काम अगाडि बढाइसक्दासम्म पनि यी रिटले सुनुवाई हुने मौका पाएका छैनन्। 

यो मुद्दा हालसम्म १४ पटक पेसी तोकिएको छ। फागुन ११ पछि मात्र पाँच पटक पेसी तोकिएपछि एकपटक पनि सुनुवाई हुन सकेको छैन।  

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत  पुस ३ गते संवैधानिक इजलासमा पेसी तोकेपछि यो मुद्दा हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो। माघ ५ गतेदेखि संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको मुद्दा निरन्तर सुनुवाइ थालेपछि अरु मुद्दामा इजलास बस्न सकेको थिएन। यो विवाद समाप्त भएपछि हरेक पटकको पेसी सर्वोच्च आफैले स्थगित गर्दै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अध्यादेशले संविधानको धारा २८४ मा अन्तरनिहित संविधानको आधारभूत संरचनासँग सम्बन्धित विषय, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक नियन्त्रण र सन्तुलन, संवैधानिक सुशासन, निष्पक्षता, पारदर्शिता, जवाफदेहीता सम्बन्धी सिद्धान्तहरुको उल्लंघन गरेको रिट निवेदकहरूको दाबी थियो। 

फागुन १४ गते  संवैधानिक परिषद सम्वन्धी अध्यादेशसम्बन्धी मुद्दा पेसीमा रहेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, समृत खरेल लगायतले दायर गरेको निवेदन पहिलो सुनुवाईकै पालो कुरेर बसेको थियो। तर, त्यसदिन संवैधानिक इजलास नै गठन भएन। 

फागुन २१  गते, शुक्रवार अर्को संवैधानिक इजलास गठन हुनुपर्ने दिन थियो। उक्त दिन प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत र भौतिक पुर्वाधारमन्त्री जितेन्द्र सोनलले दायर गरेको रिट सुनुवाईको पेसीमा रहनुपर्ने थियो। तर संवैधानिक इजलास नै गठन नभएपछि अदालतले त्यसलाई स्थगितको सूचीमा प्रकाशन ग¥या । यो शृंखला फागुन २८, चैत ६ र १३ गते पनि निरन्तर भयो।
 
के हो संवैधानिक इजलास?
संसद् र सरकारले नागरिकलाई संविधानप्रदत्त अधिकारबाट वञ्चित गर्ने गरी कानुन निर्माण गर्न सक्ने भएकाले त्यसलाई हेर्न संवैधानिक इजलासको व्यवस्था गरिएको हो। नागरिकका संवैधानिक अधिकार संरक्षण गर्नुका साथै संसद र सरकारले बनाएका कानुन बदर गर्नसक्ने गरी सर्वोच्च अदालतमा छुट्टै इजालस रहने व्यवस्था संविधानले गरेको छ।

संवैधानिक इजलासले संघ, प्रदेश र स्थानीय तहबीचको अधिकारक्षेत्रको विवाद, निर्वाचन विवाद र तीन तहका विधायकको योग्यताको विवाद समेत हेर्छ। साथै सर्वोच्चमै विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्ता मुद्दा समेत संवैधानिक इजलासले किनारा लगाउँछ।

लामो समय इजलास नबसेपछि बोलाउन माग गर्दै २०७३ फागुन २३ गते सर्वोच्चमा रिट समेत दर्ता भएको थियो। प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीशसमेतलाई विपक्षी बनाउँदै सर्वोच्चमै रिट दर्ता भएको यो आफैमा नौलो घटना थियो।

संविधानको धारा १३७ बमोजिम गठन भएको संवैधानिक इजालसमा प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य ४ जना न्यायाधीशसमेत गरी ५ सदस्य हुन्छन्। दक्षिण कोरिया, ब्राजिल लगायतका मुलुकमा छुट्टै संवैधानिक अदालत हुने भए पनि नेपालको संविधानले भने संवैधानिक इजलासको मात्रै व्यवस्था गरेको छ। यसले संविधानविपरीत र संविधानसँग बाझिएका ऐन नियमका व्यवस्था बदर गर्ने हैसियत राख्छ। दलहरुले संवैधानिक अदालत नै राख्न चाहे पनि उक्त कार्य असम्भव भएको थियो।

इजलासका लागि प्रधानन्यायाधीश विरुद्ध मुद्दा 
संवैधानिक इजलासले प्रभावाकारी काम गर्न नसेकेको यो पहिलो पटक भने होइन। हरेक प्रधानन्यायाधीश परिर्वतन भएसँगै र ठूला संवैधानिक विवाद इजलासमा आएपछि यस्तै हुने गरेको छ। लामो समयसम्म संवैधानिक इजलास गठन नै नहुने र न्यायाधीश रिक्त हुँदा नियुक्त नहुने समस्या विगतमा पनि थियो। 

२०७२ पुसदेखि संवैधानिक इजलासमा आवश्यक न्यायाधीश नतोकिँदा रिक्त रहँदै आएको थियो। तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकाश पाएपछि उक्त इजलासमा न्यायाधीश तोकिन सकेको थिएन। श्रेष्ठपछि प्रधानन्यायाधीश भएकी सुशीला कार्कीले रिक्त इजलासमा न्यायाधीश तोक्न खोज्दा न्यायपरिषद्बाट सहयोग पाएकी थिइनन्।  

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली उमेर विवादमा निवृत्त भएपछि उनीपछि सर्वोेच्चको नेतृत्वमा दीपकराज जोशी आउँदैथिए। तर, उनले प्रधानन्यायाधीशको पूर्ण जिम्मेवारी नपाउँदासम्म संवैधानिक इजलास तोक्न पाएनन्। त्यसले लामो समय अन्योल भयो। तत्कालीन समयमा सर्वोच्चका न्यायाधीशबीचको विवादका कारण संवैधानिक विवादका मुद्दाहरु थन्किएका थिए। अहिले प्रधानन्यायाधीश  र न्यायाधीशको लामो रोस्टर हुँदा पनि संवैधानिक इजलास गठन हुन सकेको छैन। 

तत्कालीन प्रधानन्यायाधीश कार्की र वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय तथा तत्कालीन प्रधानन्यायाधीश पराजुलीबीच कुरा नमिल्दा इजलास पूर्ण रुपमा सञ्चालन हुन बाधा परेको थियो। तर, अहिले त्यस्तो अवस्था नभए पनि लामो समय बित्दासम्म इजलास गठन हुन सकेको छैन। हाल संवैधानिक इजलासमा रहन सक्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित १४ जना न्यायाधीश छन्। 

लामो समय इजलास नबसेपछि बोलाउन माग गर्दै २०७३ फागुन २३ गते सर्वोच्चमा रिट समेत दर्ता भएको थियो। प्रधानन्यायाधीश र वरिष्ठतम न्यायाधीशसमेतलाई विपक्षी बनाउँदै सर्वोच्चमै रिट दर्ता भएको यो आफैमा नौलो घटना थियो। उक्त रिटमा सुनुवाइ गर्दै तत्काल न्यायाधीश तोक्न  र इजलासलाई निरन्तरता दिन परमादेश जारी भएको थियो। सर्वोच्चको उक्त फैसलापछि पनि इजलासमा न्यायाधीश तोकिएको थिएन। 

प्रधानन्यायाधीशको अध्यक्षतामा हुने न्याय परिषद्ले करिब एक वर्षदेखि संवैधानिक इजलास गठन नगरी रोकेर राखेको थियो। प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अनिवार्य अवकाश पाएपछि इजलास रोकिएको थियो। अधिवक्ता माधव बस्नेतले न्याय परिषद्ले संवैधानिक इजलास गठन गर्न चाहिने न्यायाधीश सिफारिस नगरी संवैधानिक प्रावधानहरूको उल्लंघन गरेको दाबी गर्दै रिट दायर गरेका थिए। 

को को छन् सवैधानिक इजलासमा?
हाल संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मिरा खड्का, हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान रहेका छन्। संवैधानिक इजलास गठन हुँदा यीमध्ये पाँच न्यायाधीश हुने संविधानमा व्यवस्था छ। 

पाँच जनामात्र न्यायाधीश हुँदा सुनुवाईमा समस्या भएको भन्दै न्यायपरिषदले संवैधानिक इजलासका लागि रोस्टर बनाएको थियो। १४ न्यायाधीशको रोस्टर भएपनि इजलास लामो समयदेखि गठन हुन नसक्दा धेरै मुद्दा पहिलो सुनुवाई हुनवाटै वञ्चित भएका छन्। नेपालको संविधानको धारा १३७ को उपधारा ९ र १० मा सो इजलासमा प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेका अन्य ४ न्यायाधीश हुने उल्लेख छ। उक्त व्यवस्थाका कारण समस्या भएपछि संवैधानिक प्यानल गठन गर्ने निर्णय परिषद्ले गरेको थियो।

प्रधानन्यायाधीशसहित ५ न्यायाधीश हुने संवैधानिक इजलासमा एक न्यायाधीश मात्र अनुपस्थित भएमा उक्त इजलासले विवादको सुनुवाइ गर्न नसक्ने भएपछि यस्तो निर्णय गरिएको थियो।

यही कारणले गर्दा उक्त इजलास गठन भएको ३ वर्ष हुन लाग्दासमेत नगन्य मात्रामा विवादको छिनोफानो भएको थियो। इजलास गठन भएको अवधिदेखि हालसम्म न्यून मात्रामा मात्र मुद्दा फैसला गरेको छ। प्रधानन्यायाधीश फेरिएसँगै हरेक पटक यसको असर संवैधानिक इजलासमा पर्दै आएको छ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  २१:३५
  • #संवैधानिकइजलास
  • #प्रधानन्यायाधीश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालबालिकालाई प्रधानमन्त्रीको आग्रह- आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिकौं कृष्ण जन्माष्टमीका अवसरमा फेसबुक पोस्टमार्फत जलवायु परिवर्तनको ठूलो असर हिमालय क्षेत्रमा परिसकेको र नेपालमाथि हालै आइपरेको विपद्को व... शुक्रबार, भदौ १९, २०८३
आफ्नो उपस्थितिमाथि आलोचना भएपछि गृहमन्त्रीले भने– ‘म कहाँ छु नखोज्नुस्, परिणाम हेर्नुस्’ शुक्रबार उनले सामाजिक सञ्जालमार्फत ‘कुर्सीमा बसेर कागजात समात्ने’ पुरानै शैलीको नेतृत्व खोज्नेहरूलाई ‘गलत युग’ मा रहेको र यो जेनेरेस... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री शाह र अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता, के भयो कुराकानी? बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्रीले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद गर्दै नेप... शुक्रबार, भदौ १९, २०८३
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्