• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अलविदा नविन्द्र दाइ!

डा. दधि अधिकारी शनिबार, चैत १४, २०७७  ०८:२४
1140x725

मृत्यु सास्वत सत्य हो तर यो यति क्रुर हुन्छ भन्‍ने महसुस मैले गरेको थिएन। हेटौंडाको मनकामना जाने बाटोको उकालोमा हिँड्दै गर्दा खगेन्द्रजी (खगेन्द्र आचार्य- संस्थापक अध्यक्ष, ओवाईए इंक) ले फोनमार्फत् दिएको नविन्द्र दाइ ब्रेन ह्यामरेज भएर नर्भिक अस्पतालमा हुनुहुन्छ भन्‍ने खबरले स्तब्ध बनायो। नविन्द्र दाइलाई ब्रेन ह्यामरेज नैहुने गरी स्वास्थ्य समस्या भएको जस्तो लाग्दैन थियो। 

माघ १६ गतेको सहिद दिवसको कार्यक्रममा ब्लड प्रेसर अलिकति बढेर कार्यक्रम छोट्याएको त हो तर त्यसदिन बढेको ब्लड प्रेसर नविन्द्र दाइलाई हामी सँग सदाका लागि चुँडेर लैजाने घातक ब्रेन ह्यामरेजको पूर्वसंकेत थियो भनेर अनुमान नै गर्न सकिएन। उक्त दिन बढेको ब्लड प्रेसरपश्‍चात् नविन्द्र दाइले चिकित्सकसँग परामर्श गरेरआफूले सेवन गर्ने औषधिहरुको पुनरवलोकन गर्नुभएको थियो।

म अर्को दिन हेटौंडाबाट फर्केलगत्तै नर्भिक अस्पताल पुग्दा नविन्द्र दाइका शुभचिन्तकहरुले अस्पतालको परिसर भरिभराउ थियो। सबैले नविन्द्र दाइको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका थिए। सपना भाउजु (नविन्द्र दाइकी श्रीमती) र छोरी निरहिटीसँग भेट्दा उहाँहरुलाई कुन शब्दले सान्त्वना दिने मसँग शब्द नै थिएन। नविन्द्र दाइलाईचाँडै ठीक हुन्छ, यति धेरै शुभचिन्तकहरुको प्रार्थना भगवानले सुन्छन् भन्‍नेबाहेक मसँगअरु कुनै शब्दनै थिएन। डा. राजिव झाकोनेतृत्वमा रहेको चिकित्सक टोलीले नविन्द्र दाइलाई फिर्ता ल्याउन सर्वोत्तम प्रयास गरेको हो, बीचमा केही सुधारको लक्षण पनि देखिएको हो। तर दैवकोअगाडि हाम्रो मानवीय प्रयास असफल भइदियो, नविन्द्र दाइलाई हामी सबैबाट दैवले चुँडेर लगिदियो।

मैले देखेको र बुझेकोनविन्द्र दाइ निष्ठाको राजनीतिको प्रतीक हो। उच्चस्तरको इमान्दारिता र नैतिकता नविन्द्र दाइका विशेषता थिए। लोकतन्त्र र समाजवाद रट्ने कुरा होइन यो त जीवनपद्दति हो भन्‍ने कुरामा उहाँको अटल विश्वास थियो।

नविन्द्र दाइसँगको मेरो चिनाजानी उहाँ काठमाडाैंको उपमेयर हुँदादेखिको हो। तर निकट सम्बन्ध सन् २००६ बाट भएको हो, जब उहाँले मलाई गणेशमानसिंह अध्ययन प्रतिष्ठानको सदस्यमा नियुक्त गर्नुभयो। उहाँसँगको सामीप्यताले मलाई निष्ठाको राजनीति, नेपाली काँग्रेसको इतिहास र नेपाली काँग्रेसका अग्रजहरु विशेषतः गणेशमानजी र किसुनजीका बारेमा धेरै नलेखिएका कुराहरु थाहा पाउने मौका मिल्यो। नविन्द्र दाइले उहाँ उद्योगमन्त्री हुँदाको अनुभव सुनाउँदा सत्ता र शक्ति प्राप्त हुँदा देश र जनतालाई एकातिर पन्छ्याएर भ्रष्ट र अनैतिक हुन चाहने हो भने कस्ता-कस्ता अवसरआउँछन् भन्‍ने थाहा भयो। नविन्द्र दाइले भन्‍नुहुन्थ्यो, यदि सत्तामा पुगेको मानिसले कोठाभरि पैसाको चाङ र अन्य ऐयासीका अवसरलाई लत्याउन नसक्ने हो भने ऊ सजिलै दलालहरुको चंगुलमा पर्दछ र त्यो चंगुलबाट जीवनभर मुक्त हुन सक्तैन। त्यसैले यदि तपाईंलाई कुनै दिन त्योअवसर प्राप्त भयो भने पहिलो दिनदेखि नै त्यस्ता प्रवृत्तिलाई लत्याउनुहोला र देश र जनतालाईअगाडि राखेर निर्णय गर्नुहोला। होइन भने तपाईंकोआदर्श भाषणमा मात्र सीमित हुनेछ।

डा. दधि अधिकारी

मैले देखेको र बुझेकोनविन्द्र दाइ निष्ठाको राजनीतिको प्रतीक हो। उच्चस्तरको इमान्दारिता र नैतिकता नविन्द्र दाइका विशेषता थिए। लोकतन्त्र र समाजवाद रट्ने कुरा होइन यो त जीवनपद्दति हो भन्‍ने कुरामा उहाँको अटल विश्वास थियो। विपी, गणेशमान, किसुनजीले अबलम्बन गर्नुभएको सादगीपूर्ण जीवनलाई उहाँ आफ्नो मार्गदर्शन मान्‍नुहुन्थ्यो। गणेशमानजीले भारतमा रहँदा नेपालबाट गएका मानिसको पाउपोषको माटो शिरमा लगाएको घटनालाई उहाँ निकै उत्साहित भएर सुनाउनुहुन्थ्यो।

कतै भ्रमण गर्दा पनि उहाँमा कुनै तडकभडक थिएन र लागेको खर्च उहाँ आफैं व्यहोर्नुहुन्थ्यो। मलाई सम्झना छ एक पटक काभ्रेको एउटा कार्यक्रममा जाँदा होटेलमा भएको खर्च होटेलवालाले लिन मानेनन्। तर नविन्द्र दाइले होटलवालालाई यो तपाईंको व्यापार हो, हामीले सित्तैमा खान मिल्दैन भनेर पैसा दिएर छाड्नुभयो। हामीले नविन्द्र दाइसँग खर्च साझा गरौं भन्दा पनि मान्‍नु भएन। तपाईंहरु भरखर आफ्नो करिअर बनाउँदै हुनुहुन्छ त्यसैले म दाइको नातालेअहिले खर्च व्यहोर्ने जिम्मेवारी मेरो हो भन्‍नुहुन्थ्यो।

नविन्द्र दाइलाई गणेशमानजी र किसुनजीले निकै माया गर्नुहुन्थ्यो र उहाँहरुको विश्वासपात्र पनि हुनुहुन्थ्यो। उहाँहरुको विश्वास नविन्द्र दाइले कायम राख्नुभएको पनि थियो। एक पटक किसुनजीले गणेशमानजीलाई केही कुरामा छलफल गर्न बोलाउनुभएछ। गणेशमानजीले नविन्द्र दाइलाई पनि सँगै लिएर जानुभएछ तर किसुनजीको कोठामा नलगी बाहिरै बसाउनुभएछ। गणेशमानजी र किसुनजीको छलफलपछि किसुनजीले एउटा पानामा केही कुरा लेख्नुभएछ तर आफ्ना अक्षरहरु उहाँलाई त्यति मन परेनछ। अब त्यो लेखनलाई कसले राम्रो अक्षरमा लेख्ला भनी किसुनजीले गणेशमानजीलाईसोध्नुभएछ। गणेशमानजीले मैले नविन्द्रलाई सँगै ल्याएको छु उसैले लेख्छ भन्‍नुभएछ। किसुनजीले हुन्छ भनेपछि नविन्द्र दाइलाई भित्र बोलावट भयो। किसुनजीले नविन्द्र दाइलाई ल तिमीले यो लेखेको कुरा अर्को पानामा राम्रा अक्षरमा सार र यहाँ के लेखेको छ त्यो कुराआफ्नो सम्झनामा नराख्नु भन्‍नुभएछ। नविन्द्र दाइले पनि निकै आज्ञाकारी भएर सो कुराअर्को पानामा सार्नु त भएछ तर सम्झनामा केही राख्नुभएन छ। नविन्द्र दाइले मलाईभन्‍नुहुन्थ्यो, दधि मलाई त्यो पानामा के कुरा लेखिएको थियो भन्‍ने कहिले पनि सम्झना भएन। तर त्यो कुरा त्यति महत्त्वपूर्ण र गोप्य थियो कि पछि किसुनजीले गरेको त्यो खेस्रालाई मंगलाआमाले च्यातेर टुक्रा-टुक्रा पारेरआगोमा जलाउनुभयो। यो घटनाले नविन्द्र दाइ र शीर्ष नेताहरुको एक अर्काप्रतिको विश्वास र आस्थालाई स्पष्ट पार्दछ। नविन्द्र दाइले मलाई यस्ता धेरै प्रेरणादायी, शिक्षाप्रद र ऐतिहासिक कुरा सुनाउनुभएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

नविन्द्र दाइलाई गणेशमानजीले विशेष स्नेह गर्नुहुन्थ्यो। त्यसैले गणेशमानसिंह अध्ययन प्रतिष्ठान जुन गणेशमानजी जीवित हुँदै खुलेको प्रतिष्ठान थियो त्यसको अध्यक्ष नविन्द्र दाइलाई बनाउने प्रस्ताव गणेशमानजीले नै गर्नुभएको थियो र त्यसकोसमर्थन सम्पूर्ण सदस्यहरुले गरेका थिए। प्रतिष्ठानको मातहतबाट राष्ट्रियता, लोकतन्त्र र समाजवादका कार्यक्रम सञ्‍चालन गर्ने नविन्द्र दाइको इच्छा थियो। यो दिशामा केही काम पनि भएका थिए। गत वर्ष कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभाव र निराकाणका उपायहरु सम्बन्धमा नविन्द्र दाइको अध्यक्षतामा गठित समिति जसमा योजनाआयोगका पूर्वउपाध्यक्षहरु लगायत प्राज्ञहरुको पनि सहभागिता रहेको थियो। सो समितिले सरकारलाई निकै छोटो समयमा निकै गहन प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको निकै प्रशंसा पनि गरिएको थियो।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानसँग सम्बन्धित अर्को प्रसंग पनि उल्लेखनीय छ। अहिले देशमा यस्ता प्रतिष्ठान खोलेर अकूत सरकारी अनुदान लिने लहर चलेको समयमा नविन्द्र दाइले कहिले पनि यस्तो अनुदान लिनुभएन। प्रतिष्ठान लोकतन्त्रलाई माया गर्ने केही दाताहरु र नविन्द्र दाइकोआफ्नै व्यक्तिगत खर्चमा चलेको थियो। यसले नविन्द्र दाइ पारदर्शिता, ईमान्दारिता र नैतिकताप्रति कति सचेत हुनुहुन्थ्यो भन्‍ने स्पष्ट गर्दछ।

नविन्द्र दाइ काँग्रेसमा देखिएको गुटबन्दीप्रति निराश हुनुहुन्थ्यो। पार्टीमागु टगत भागबण्डा नभएर व्यक्तिको क्षमता र योगदानकोआधारमा अवसर दिइनुपर्दछ भन्‍ने मान्यता उहाँको थियो।

बाँच्‍न पाउनु मानिसको सबैभन्दा पहिलोअधिकार हो भन्‍नेमा नविन्द्र दाइ दृढ हुनुहुन्थ्यो। यसको निमित्त हरेक नागरिकको निमित्त खाना, स्वास्थ्य र बस्ने बासको सुनिश्चितता गर्नु कुनै पनि जिम्मेवार सरकारको पहिलो दायित्व हो भन्‍नेमा उहाँ स्पष्ट हुनुहुन्थ्यो। कोरोनाअवधिमा देश राजनीतिक खिचातानीमा व्यस्त भयो तर गरिब, निमुखाहरु कोरोनाको सामान्य परीक्षणबाट पनि वञ्‍चित भए भन्‍ने लागेर उहाँ कम्तीमा पनि आफ्नो निर्वाचन क्षेत्रमा भए पनि केही गर्नुपर्दछ भन्‍ने लागेर जनताको घरघरमा पुग्नुभयो। उहाँको साथमा मास्क, स्यानिटाइजर, अक्सिमिटर र सिटामोलको प्याकेट थियो। प्रत्येक घरलाई उहाँले यो प्याकेट दिनुहुन्थ्यो। यसका साथै २४ सै घण्टा चिकित्सकको सल्लाह लिनसक्ने गरेर आमनागरिकको निमित्त हटलाइनको व्यवस्था गरिदिनुभएको थियो। नविन्द्र दाइको यो कार्यको आमनागरिकले निकै प्रशंसा गरेकाथिए।

Xtrem

Xtrem

नविन्द्र दाइ काँग्रेसमा देखिएको गुटबन्दीप्रति निराश हुनुहुन्थ्यो। पार्टीमागु टगत भागबण्डा नभएर व्यक्तिको क्षमता र योगदानकोआधारमा अवसर दिइनुपर्दछ भन्‍ने मान्यता उहाँको थियो। काँग्रेसका कार्यकर्तामा विपक्षीसँग सहज हुने तर आफ्नै पार्टीका साथीहरुसँग बोल्न, बस्न र छलफल गर्नअसहज मान्‍ने प्रवृत्तिको विकास हुँदै गएकोमा निकै चिन्तित हुनुहुन्थ्यो। पार्टीभित्र गुट निर्माण सिद्धान्तको निमित्त हुनुपर्दछ अवसरको निमित्त होइन भन्‍ने मान्यता उहाँमा थियो।

संगठन निर्माणमा पनि नविन्द्र दाइको चिन्ता उत्तिकै थियो। २१औं शताब्दीमा राजनीतिक पार्टीकोसंगठन निर्माणको तरिका २०औं शताब्दीको जस्तो हुनुहुँदैन भन्‍ने मान्यता उहाँमा थियो। पार्टीले युवाहरुमा वर्तमान समयअनुसारका सिद्धान्त र अनुशासन संप्रेषण गर्ने, विभिन्‍न सञ्‍चारमाध्यममार्फत कार्यकर्ता र शुभेच्छुकसँग नियमित संवाद गर्ने, नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कार्य गर्नुपर्दछ भन्‍ने विचार उहाँको थियो। नविन्द्र दाइ कार्यकर्ताहरु नेताहरुको घरघरमा गएर दैनिक भेट गरेपछि मात्र उनीहरुलाई जिम्मेवारी दिइने प्रवृत्तिको सख्त विरोधी हुनुहुन्थ्यो। नविन्द्र दाइको विचार कार्यकर्तालाई जीवनभरमा एउटा पदकोआशामा झुलाएर आफ्नो पछि हिँडाउनु समाजवादी नेताकोआचरण हुन नसक्ने भन्‍ने थियो। कार्यकर्तालाई विचार, व्यवहार र कार्यक्रमहरुले आकर्षण गर्ने हो पद र पैसाको लोभले होइन भन्‍ने कुरामा उहाँ स्पष्ट हुनुहुन्थ्यो।

पार्टी र समग्र राजनीतिमा युवाहरुको घट्दो आकर्षणप्रति नविन्द्र दाइको चिन्ता थियो। राजनीतिमा युवाहरुको सहभागिताविना देशको विकास हुन सक्तैन भन्‍ने मान्यता उहाँमा थियो। इनफ इज इनफ र अन्य त्यस्तै प्रकारका आन्दोलनमा स्वतःस्फूर्त रुपमा युवाहरुको सहभागिता हुने तर नेवि संघले गर्ने त्यस्तै प्रकारको आन्दोलनमा युवा सहभागिता कम हुनुको कारण के हो भन्‍नेमा नविन्द्र दाइको चिन्ता थियो। नेपाली काँग्रेसले युवाहरुको चाहना र आवाजलाई समेट्न सकेन कि भन्‍ने उहाँलाई लाग्थ्यो। संसद् र पार्टीमा २५-४० वर्षका युवाहरुको निमित्त केही सिट सुनिश्‍चित गर्नेतर्फ आवाज उठाउने उहाँको तयारी थियो। युवाहरुलाई राजनीतिक रुपमा चेतनशील र सक्रिय बनाउने उद्देश्यले उहाँले मासिक रुपमा युवाहरुसँग भेटघाट र छलफलको कार्यक्रम चलाउनु भएको थियो। ती छलफल कार्यक्रममा नेवि संघ र तरुण दलका कार्यकर्ताको उत्साहजनक उपस्थिति देखिएको थियो। युवाहरुको सहयोगमा चाँडै नै भ्रष्टाचारविरुद्धकोआन्दोलन सुरु गर्ने उहाँको योजना थियो।

तर विडम्बना, नविन्द्र दाइले युवाहरुको त्यस्ता दुईवटा मात्र कार्यक्रमहरुकोआयोजना गर्न सक्नुभयो र हामीलाई छोडेर जानुभयो। हामीले एक निष्ठावान राजनीतिज्ञ गुमाएका छौं। नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको छ। नविन्द्र दाइ, हामी तपाईंलाई फिर्ता ल्याउन त सक्तैनौँ तर तपाईंले राष्ट्रियता, लोकतन्त्र र समाजवादको लक्ष्य प्राप्तिको निमित्त दिएका ज्ञान र देखाएका बाटाहरुमा अविचलित भएर हिँडिरहने प्रण गर्दछु। 

अलविदा प्यारो नविन्द्र दाइ!

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  ०८:२४
  • #नवीन्द्रराज_जोशी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान बुधबार, असोज ७, २०८३
प्रतिनिधि सभामा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत बुधबार, असोज ७, २०८३
आँखा रसाएका छन् तर आशा मरेको छैन, भोटेकोशी–त्रिशूली बाढीमा सरकार नागरिकसँगै छ : मन्त्री श्रेष्ठ बुधबार, असोज ७, २०८३
हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न माग, सर्वोच्चले माग्यो सरकारको जवाफ बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्