काठमाडाैं- नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक सुरु भएको हो।
बैठकले पार्टीको आगामी रणनीतिबारे छफल गर्ने नेपाल पक्षका केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए। ‘पार्टीभित्र देखिएको पछिल्लो विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबीच देखिएको विवाद चरम रुपमा पुगेको छ।
ओली पक्षले आफ्नो समूहको बैठक राखेर विधान संशोधन गर्ने, पदमुक्त गर्ने, जिम्मेवारी तोक्ने लगायतको काम गर्दै आएको छ भने नेपाल पक्षले पनि समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ।
यसैबीच, पार्टी अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्दै छ।
बालुवाटारमा बस्ने पार्टीको कुनै पनि बैठकमा सहभागी नहुने घोषणा गरेको नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे समेत आजको केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।