काठमाडौं–अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ ।
युरोपमा कोरोना भाइरससम्बन्धी नयाँ चरणको प्रतिबन्ध सुरु भएसँगै तेलको मूल्य ओरालो लागेको हो। साथै, मूल्य घट्नुको अर्को कारण स्वेज नहरमा आवागमन अवरुद्ध हुनु पनि रहेको अधिकारीहरुले बताएका छन्। स्वेज नहरमा एउटा कन्टेनर सिप अड्किएर मार्ग अवरुद्ध भएको छ।
बिहीवार लन्डनस्थित आइसिई एक्चसेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ७ प्रतिशतले घटी ६३ डलर ३१ सेन्टमा आयो । वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल २ दशमलव १ प्रतिशतको कमीसहित ५९ डलर ९१ सेन्टमा झरेको थियो।
विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानीको बाटो स्वेज नहरमा जहाज अड्किएर बाटो ठप्प भएको खबर सार्वजनिक पछि बुधवार भने दुबै बेञ्चमार्कको भाउ करीब ६ प्रतिशतले बढेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।