काठमाडाैं- अमेरिकी राष्ट्रपति जो वाइडेनले दाेस्राे कार्यकालका लागि पुनः उम्मेदवारी दिने घाेषणा गरेका छन्। बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले अर्काे कार्यकालकाे लागि सन् २०२४ मा पनि उम्मेदवारी दिने बताएका हुन्।
७८ वर्षीय वाइडेन अमेरिकाकाे इतिहासमै राष्ट्रपति हुने सबैभन्दा पाको व्यक्ति हुन् र उनले केवल चार वर्षको कार्यकाल सम्हाल्ने अनुमान लगाइएकाे छ।
'मेरो योजना पुनः निर्वाचनको हो, 'उनले भने, 'मलाई आशा छ।' उनले उपराष्ट्रपति कमला ह्यारिस पनि निर्वाचनमा सँगै उठ्ने विश्वास व्यक्त गरे।
'ह्यारिस दोस्रो कार्यकालको लागि उठ्नेछिन् भन्ने मलाई आश छ। उनी मेराे एक असल सहयात्री पनि हुन्,' वाइडेनले भने।
वाइडेनलाई पत्रकारहरुले सोधेका थिए- सन् २०२४ मा पनि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन सक्नुहुन्छ?
'ओहाे, म यसबारे सोच्न पनि सक्दिनँ। मलाई थाहा छैन,' उनले उत्तर दिँदै भने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।