• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
जनता भन्छन्

'चासो छैन राजनीतिमा, भर लाग्दैन दलमा’

64x64
नेपाल लाइभ शुक्रबार, चैत १३, २०७७  ०६:०१
1140x725
फाइल तस्बिर

भनाइ नै छ, राजनीति सम्भावनाहरूको खेल हो। पछिल्ला केही महिनायता विकसित राजनीतिक परिघटना केलाउँदा देखिन्छ- राजनीति अनुमान नै गर्न नसकिने खेल रहेछ। हुन पनि तीन वर्षअघि मात्र प्रचण्ड बहुमतसहितको स्थिर सरकार बनाउने म्यान्डेट दिएका आम नेपाली यतिखेर अस्थिरता, अराजकता र अस्तव्यस्तता आँखैअगाडि हेर्न अभिशप्त बनेका छन्।

सत्ताको खेलमा असमयमै भंग गरिएको प्रतिनिधि सभा अदालतले पुनःस्थापना गरिदिए पनि राजनीतिले समाजका यावत पक्षमा थोपरेको कालो बादल मडारिरहेकै छ। र, त्यसैले त जनतामा यो राजनीतिप्रति चासो लाग्न छाडेको छ। बरु वितृष्णा बढ्दो छ। दल र नेताहरुप्रति अविश्वास चुलिँदो छ। अनि आफ्नै भविष्यप्रति अनिश्चय। त्यसैले त उनीहरुलाई लाग्छ, देश गलत दिशामा कुदिरहेको छ।

यो आम नेपालीको पछिल्लो मनोविज्ञान हो, ताजा मत सर्वेक्षणले देखाएको। 

न राजनीतिमा चासो, न दलप्रति
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक टकराव उत्कर्षमा पुगेको र सर्वोच्च अदालतले त्यसलाई उल्ट्याइदिएपछि राजनीति तरल बनाएका बेला गरिएको सर्वेक्षणको नतिजा हो यो। शेयरकास्ट इनिसियटिभ नेपालले गत फागुन ९ देखि २३ गतेसम्म सातवटै प्रदेशका १६ वर्षभन्दा माथिका ५ हजार ८२ जना उत्तरदातामाझ यो सर्वेक्षण गरेको थियो। राष्ट्रिय जनगणनाका आधारमा स्याम्पल छनोट गरेर टेलिफोनमार्फत् गरिएको सर्वेक्षणमा हिमाल, पहाड र तराईका भूभाग समेटिएका थिए जसमा महिला ५१.२ र पुरुष ४८.८ प्रतिशत सहभागी थिए।

यो पनि पढ्नुहोस्

‘निर्वाचनबाट राजनीतिक व्यक्ति होइन, बिचौलिया निर्वाचित हुन थाले’मंगलबार, चैत १०, २०७७

सर्वेक्षणका क्रममा सोधिएको एउटा प्रश्न थियो, तपाईं नेपाली राजनीतिमा कत्तिको चासो राख्नुहुन्छ? यो प्रश्नमा सबभन्दा धेरै ६३ प्रतिशत उत्तरदाताले चासो नराख्ने गरेको बताए। राजनीतिमा चासो राख्छु भन्ने उत्तरदाता ३५.६ प्रतिशत थिए। 

राजनीतिमा चासो नराख्ने उत्तरदाता सबभन्दा धेरै प्रदेश २ मा ६९.५ प्रतिशत छन् भने सबभन्दा कम कर्णालीमा ५२.९ प्रतिशत। सत्ताकेन्द्रित राजनीतिको खेलले आम नेपालीलाई दिक्दार बनाएको तस्वीर पनि हो यो। रोचक के छ भने राजनीतिमा चासो छैन भन्नेको संख्या सबभन्दा धेरै युवाको छ। उमेर बढ्दै जाँदा भने यस्तो भन्नेको संख्या घट्दै गएको छ। त्यस्तै, निरक्षर उत्तरदातामध्ये ७५.९ प्रतिशतले राजनीतिमा चासो नरहेको बताए भनेस्नातकभन्दा माथिको शैक्षिक योग्यताका ४२.३ प्रतिशत उत्तरदाताले मात्र राजनीतिबारे चासो छैन भने। यस्तो भन्ने उत्तरदातामा पहाडका जनजाति ७०.९ र पहाडका दलित ५६ प्रतिशत छन्। चासो राजनीतिमा मात्र नभएको होइन, दल र नेताप्रति पनि उस्तै देखिन्छ।

सर्वेक्षणमा सोधिएको नेपालमा लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि सबभन्दा भरपर्दो राजनीतिक दल कुन होला? भन्ने प्रश्नमा ४९.९ प्रतिशत उत्तरदाताले थाहा नभएको बताए। सर्वेक्षणमा सहभागी १२.३ प्रतिशतले यसबारे बताउनै चाहेनन्। दलको बारेमा खुलेका उत्तरदातामध्ये १३.४ प्रतिशतले नेपाली कांग्रेसलाई भरपर्दो दल माने। त्यस्तै, नेकपाको ओलीपक्षलाई भरपर्दो मान्ने उत्तरदाता ९.६ प्रतिशत छन् भने नेकपाको प्रचण्ड–माधव पक्षलाई भरपर्दो दल ठान्ने ४.१ प्रतिशत छन् (सर्वेक्षण भइरहँदा एमाले र माओवादी ब्युँतिइसकेका थिएनन्)। त्यसैगरी, जसपालाई १.३ र साझा विवेकशील पार्टीलाई ०.२ प्रतिशतले भरपर्दो माने। 

दल रोज्नेमध्ये सबभन्दा धेरैले भरपर्दो मानेको कांग्रेस सबभन्दा धेरै लुम्बिनी र बागमतीमा भरपर्दो देखिएको छ। कांग्रेसप्रतिको भरोसा सबभन्दा कम भने कर्णालीमा देखियो। तुलनात्मक रुपमा शिक्षित नेपालीमाझ कांग्रेस अरुभन्दा भरपर्दो देखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

देश गलत दिशामा
सर्वेक्षणका क्रममा सोधिएको अर्को प्रश्न थियो, राजनीतिक हिसाबले तपाईंलाई अहिले हाम्रो देश सही दिशातिर गइरहेको छ जस्तो लाग्छ कि गलत दिशातिर गइरहेको छ?
यो प्रश्नमा सबभन्दा धेरै ४४.३ प्रतिशत उत्तरदाताले ‘देश गलत दिशातिर गइरहेको’ बताएका छन्। २२.५ प्रतिशतले देश ‘उस्तै रहेको’ अर्थात् न सही दिशातिर न गलत दिशातिर भन्ने उत्तर दिए। देश सही दिशातिर गइरहेको ठान्ने उत्तरदाता २१.९ प्रतिशत मात्र देखिए। यो प्रश्नमा ११.३ प्रतिशतले थाहा छैन÷भन्न चाहन्न भन्ने उत्तर दिए। अर्थात् समग्रमा अधिकांश नेपालीलाई देश सही दिशातर्फ गइरहेको छ भन्ने लाग्दैन।

रोचक के छ भने ग्रामीण क्षेत्रका उत्तरदातामध्ये ४०.८ प्रतिशतले देश गलत दिशातिर गइरहेको बताएका छन् भने शहरी क्षेत्रका ४५.८ प्रतिशतले देश गलत दिशातिर गइरहेको ठानेका छन्। ‘सिटी’ क्षेत्रका यस्तो ठान्ने उत्तरदाताको संख्या झन् ५१ प्रतिशत छ। जातिगत रुपमा देश गलत दिशातिर गइरहेको ठान्नेमा पहाडका बाहुन ५५ प्रतिशत र नेवार ४९.२ प्रतिशत छन्। निरक्षर उत्तरदातामा यस्तो ठान्ने २६.४ प्रतिशत र स्नातक वा त्योभन्दा माथिको शैक्षिक योग्यताका ६१.१ प्रतिशत छन्। यो बुझाई सबै उमेरसमूहका उत्तरदातामा लगभग उस्तै देखिन्छ। 

देश गलत दिशातिर जानुको मुख्य कारण के होला? भन्ने प्रश्नमा सबभन्दा धेरै, ४९.३ प्रतिशत उत्तरदाताले राजनीतिक दलभित्रको द्वन्द्वलाई यसको प्रमुख कारण मानेका छन्। ३६.८ प्रतिशत उत्तरदाताले राजनीतिक अस्थिरतालाई यसको मुख्य कारण ठानेका छन् भने २७.४ प्रतिशतले कमजोर नेतृत्वका कारण देश गलत दिशातर्फ गइरहेको छ भनेका छन्। यसका लागि भ्रष्टाचारलाई कारण मान्ने उत्तरदाता २३.४, गलत नीतिलाई कारण मान्ने २०.६ प्रतिशत छन्। जम्मा २.३ प्रतिशतले मात्र थाहा छैन, भन्न चाहन्न भन्ने उत्तर दिनुले देशको अवस्थाबारे आम नेपाली प्रष्ट रहेको देखिन्छ। 

दलहरुभित्रको द्वन्द्वलाई यसको प्रमुख कारण मान्ने उत्तरदाता सबभन्दा धेरै सुदूरपश्चिममा ७१.४ प्रतिशत र सबभन्दा कम लुम्बिनी प्रदेशमा २९.२ प्रतिशत छन्। 

हिन्दूराष्ट्रका पक्षमा झिनो अग्रता
सर्वेक्षणमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ वा अहिलेकै जस्तो धर्मनिरपेक्ष ठिक छ? भन्ने प्रश्नसमेत सोधिएको थियो। यो प्रश्नमा ५१.७ प्रतिशत उत्तरदाताले हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने बताए भने धर्मनिरपेक्ष नै ठिक छ भन्ने उत्तरदाता ४०.३ प्रतिशत देखिए। यो प्रश्नमा थाहा छैन र भन्न चाहन्न भन्ने उत्तरदाताको संख्या ८.१ प्रतिशत छ। नखुलेको यो संख्या कुनै न कुनै हिसाबले धर्मनिरपेक्षतामै अभ्यस्त छ भन्ने आकलन गर्न सकिन्छ। 

लोकतन्त्रको विकल्प छैन
नेपालका लागि लोकतन्त्र नै उत्तम शासनप्रणाली हो भन्नेमा तपाईं कत्तिको सहमत हुनुहुन्छ? भन्ने प्रश्नमा ७५.१ प्रतिशत सहमत देखिए। असहमत उत्तरदाताको संख्या जम्मा १२.१ मात्र छ। थाहा छैन र भन्न चाहन्न भन्नेहरु पनि १२.८ प्रतिशत मात्र छन्। शैक्षिकस्तर अनुसार लोकतन्त्रप्रतिको भरोसा बढ्दै गएको देखिन्छ। 

आम नेपालीको यो मनोविज्ञानले जसले जे भने पनि लोकतन्त्रको अभ्यासमा अभ्यस्त भइसकेका नेपाली यसको विकल्पबारे सोच्न पनि तयार छैनन् भन्ने देखाउँछ। त्यसैले त अनेक घटना, परिघटना र दुर्घटना दोहोरिइरहे पनि उनीहरुलाई लोकतन्त्र खतरामा परेको छ वा पर्छ भन्ने लाग्दैन। 

सर्वेक्षणमा सोधिएको के हाम्रो लोकतान्त्रिक व्यवस्थामा संकट आएको हो? भन्ने प्रश्नमा सबभन्दा धेरै, ४५.५ प्रतिशत उत्तरदाताले लोकतन्त्रमा संकट नआएको बताएका छन्। लोकतन्त्रमा संकट आएको ठान्ने उत्तरदाता ३२.३ प्रतिशत छन् भने यो प्रश्नमा २२.२ प्रतिशतले थाहा छैन र भन्न चाहन्न भन्ने उत्तर दिए। लोकतन्त्रमा संकट छैन भन्ने उत्तरदाता प्रादेशिक रुपमा सबभन्दा धेरै कर्णालीमा ५३.३ प्रतिशत र सबभन्दा थोरै प्रदेश २ मा ४१.२ प्रतिशत छन्। 

लोकतन्त्रमा संकट आएको ठान्नेमध्येका उत्तरदातालाई लोकतन्त्रमा संकट कसका कारणले आएको हो? भनेर सोधिएको थियो। यो प्रश्नमा सबभन्दा धेरै, ४६.५ प्रतिशत उत्तरदाताले सरकारका कारण भन्ने उत्तर दिए। त्यसपछि नेकपाको ओली पक्षका कारण लोकतन्त्रमा संकट आएको ठान्ने उत्तरदाता ४४.५ प्रतिशत देखिए भने नेकपाको प्रचण्ड र माधवपक्षलाई यसको कारण मान्ने उत्तरदाता ४१.९ प्रतिशत भेटिए। कांग्रेसलाई यसको कारण मान्ने उत्तरदाता १७.३ प्रतिशत छन् भने पूर्वराजा ज्ञानेन्द्रलाई कारण मान्ने १.३ प्रतिशत।

यस्तो छ अध्ययनको निष्कर्ष

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  ०६:०१
  • #निर्वाचन
  • #राजनीतिक-दल
  • #जनता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह?
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता
सम्बन्धित सामग्री
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बुधबार जारी गरेको सूचनाअनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी... बुधबार, भदौ ३१, २०८३
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह? उनले विगतमा जस्तो एकै व्यक्तिले सबै जिम्मेवारी लिन जरुरी नभएको तर्क गर्दै थपे– ‘अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको... बुधबार, भदौ ३१, २०८३
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता फेला परेका मृतकको विवरणमा ५४४ पुरुष, ३३६ महिला तथा ५२३ वटा आंशिक मानव अंगहरू रहेका छन् । बाढीमा परेर अझै ६ हजार १५० जना बेपत्ता रहेक... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक बुधबार, भदौ ३१, २०८३
रविको सहमति बिना उद्योगमन्त्री बनेका हुन् दीपक साह? बुधबार, भदौ ३१, २०८३
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ६ हजारभन्दा बढी अझै बेपत्ता बुधबार, भदौ ३१, २०८३
न्यायिक पदलाई राजनीतिक पुरस्कार नबनाउन नेपाल बारको चेतावनी बुधबार, भदौ ३१, २०८३
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन उडाउन रोक बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्