• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सरकारी अध्ययन नै भन्छ

‘निर्वाचनबाट राजनीतिक व्यक्ति होइन, बिचौलिया निर्वाचित हुन थाले’

64x64
दुर्गा दुलाल मंगलबार, चैत १०, २०७७  ०८:०३
1140x725
प्रतिनिधिमूलक तस्बिर

काठमाडौं- मुलुकले पछिल्लो समय अवलम्बन गरेको निर्वाचन प्रणालीलाई लिएर थुप्रै कोणबाट बहस भइरहेका छन्। कतिपयले अहिलेको निर्वाचन प्रणालीले स्थिरता सुनिश्चित हुन नदिएको टिप्पणी गर्नेगरेका छन् भने कतिपयले यो निकै खर्चिलो भएको पनि बताउने गर्छन्। हालसालै भएको एउटा सरकारी अध्ययनले भने योभन्दा पनि गम्भीर नतिजा बाहिर ल्याएको छ।

त्यो हो– अहिलेको निर्वाचन प्रणालीले राजनीतिक व्यक्ति नभई बिचौलियालाई निर्वाचित गरिरहेको छ।

राष्ट्रिय नीति प्रतिष्ठानले गरेको अध्ययनले अहिलेको निर्वाचन प्रणालीले ‘राजनीतिक व्यक्तिहरूलाई निर्वाचित नगर्ने देखिएको’ निचोड निकालेको छ। करिब एक वर्ष लगाएर प्रतिष्ठानले गरेको अध्ययनमा हाम्रो निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो भएको समेत उल्लेख छ। निर्वाचन आयोगले नै कस्तो निर्वाचन प्रणाली अवलम्वन गर्ने भनेर अध्ययन गर्न प्रतिष्ठानलाई आग्रह गरेपछि यो अध्ययन गरिएको थियो। अध्ययनले देशले अवलम्बन गरेको निर्वाचन प्रणालीमै आमूल परिवर्तन गर्नुपर्ने अवस्था देखिएको प्रतिष्ठानका कार्यकारी निर्देशक विष्णुराज उप्रेतीले नेपाल लाइभलाई बताए। 

अहिलेको निर्वाचन प्रणालीका कारण राजनीतिक सिद्धान्त, मूल्य र मान्यता भन्दा पैसा निर्णायक हुनपुगेको प्रतिवेदनमा उल्लेख छ। कमजोर राजनीतिक हैसियत भएका व्यक्तिहरू निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था भएको भन्दै प्रतिवेदनमा उल्लेख छ, ‘निर्वाचनवाट राजनीतिक व्यक्तिहरू भन्दा ठेकेदार, व्यापारी र बिचौलिया जस्ता गैरराजनीतिक व्यक्ति रस्वार्थ समूहहरूको उपस्थिति बढ्न थालेको छ।’

‘अथाह रकम खर्च गरेर निर्वाचन जित्ने, खर्च गरेको रकम असुल गर्न सरकारमा जाने र अकुत सम्पत्ति आर्जन गरेर पुनः निर्वाचनमा जाने दुश्चक्रले निरन्तरता पाइरह्यो,' प्रतिवेदनमा उल्लेख छ, ‘यसरी राजनीति व्यवसायमा रुपान्तरित हुन पुग्यो।’ 

समानुपातिक प्रणालीमाथि पनि अध्ययनले प्रश्न उठाएको छ। ‘पिछडिएका वर्ग र क्षेत्रको समेत समुचित प्रतिनिधित्व हुन सकोस् भनेर समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिए पनि यसले अपेक्षित परिणाम दिन सकेन,' अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘दलका शीर्षनेताहरूको रोजाइका व्यक्तिहरूलाई पदासिन गराउने माध्यमको रुपमा यसलाई लिइयो।’ 

यसरी चुनिने व्यक्तिहरूको उत्तरदायित्व जनताप्रति नभई नेतृत्व वर्गतिर मात्र भएको प्रतिवेदनमा उल्लेख छ। यसरी छानिएका व्यक्तिहरूको गुणस्तरमा पनि अध्ययनले प्रश्न उठाएको छ। उनीहरू निम्न गु्णस्तरका र बदनाम छवि भएकाहरू रहेको पनि प्रतिवेदनमा उल्लेख छ।  

‘अथाह रकम खर्च गरेर निर्वाचन जित्ने, खर्च गरेको रकम असुल गर्न सरकारमा जाने र अकुत सम्पत्ति आर्जन गरेर पुनः निर्वाचनमा जाने दुश्चक्रले निरन्तरता पाइरह्यो,' प्रतिवेदनमा उल्लेख छ, ‘यसरी राजनीति व्यवसायमा रुपान्तरित हुन पुग्यो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

निर्वाचित व्यक्तिहरूलाई जनताप्रति उत्तरदायी बनाउन नसकिएको र जनताको घरदैलोमा पुग्ने भन्दा नेताहरूको वरिपरि घु्म्ने प्रवृत्ति फलदायी ठहरिएको प्रतिवेदनमा उल्लेख छ।  

‘सरकार नै उत्तरदायी भएन’
आवधिक निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिले निर्वाचित गर्ने सरकारको मूल मर्म हो– जनताप्रति उत्तरदायी हुनु। अध्ययन प्रतिवेदनले सरकार स्वयं पनि उत्तरदायी नहुने गरेको तथ्य औंल्याएको छ। 

‘सरकार स्वयमलाई पनि निर्वाचित संस्थाहरूप्रति उत्तरदायी तुल्याउन सकिएन,' प्रतिवेदनमा भनिएको छ, ‘लामो समयदेखि खोजिरहेको राजनीतिक स्थायित्व र नीतिगत स्थिरतामा यसले अपेक्षित योगदान पुर्‍याएको देखिएन।’  

निर्वाचन प्रणालीले वाञ्छित परिणाम दिन नसकेका कारण लोकतन्त्रको स्थायित्वमा नै प्रश्न उठ्न थालेको र यसलाई पुनर्विचार गर्नुपर्ने आवाज समेत उठेको प्रतिवेदनमा उल्लेख छ। 

Xtrem

Xtrem

कस्तो मतदान?  
प्रतिष्ठानले गरेको अध्ययनमा अर्को विषय पनि अध्ययन गरिएको थियो– विद्युतीय मेसिनको प्रयोग गरेर मतदान गर्न सम्भव छ कि छैन? यो अध्ययनले विद्युतीय मतदान सम्भव रहेको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा यस्ता मेसिनहरू प्रयोगमा भने निकै ध्यान पुर्‍याउनुपर्ने उल्लेख छ। 

आपूर्तिकर्ता मुलुकसँग अधिक निर्भरताको अवस्थामा मतदाताका व्यक्तिगत एवम् अन्य महत्वपूर्ण र गोप्य सूचना बाहिरी व्यक्तिको पहुँचमा पुग्न सक्ने प्रतिवेदनमा उल्लेख छ। सूचनामा आपूर्तिकर्ता मुलुक वा कम्पनीको पहुँच कायम हुने र त्यसले मुलुकुको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डतामा समेत असर पुर्‍याउन सक्ने सम्भावना रहेकोतर्फ समेत सचेच गराइएको छ।

‘सरकार स्वयमलाई पनि निर्वाचित संस्थाहरूप्रति उत्तरदायी तुल्याउन सकिएन,' प्रतिवेदनमा भनिएको छ, ‘लामो समयदेखि खोजिरहेको राजनीतिक स्थायित्व र नीतिगत स्थिरतामा यसले अपेक्षित योगदान पुर्‍याएको देखिएन।’  

प्रतिवेदनमा विद्युतीय मेसिन नेपालमै निर्माण हुनुपर्ने वा यहाँका प्राविधिकहरूको सहयोग र नियन्त्रणमा हुनुपर्ने सुझाव पनि दिइएको छ। विद्युतीय मतदान नेपालका लागि नयाँ प्रयोग भएकाले यसले मतदाता शिक्षामा ठूलो खर्च गराउने समेत प्रतिवेदनमा उल्लेख छ। 

‘स्वेदशमा उत्पादन गर्न नसक्ने अवस्थामा बाह्य मुलुकवाट खरिद गर्नुको विकल्प रहँदैन’, प्रतिवेदनमा भनिएको छ, ‘यो अवस्थामा जुनसुकै मुलुकमा उत्पादित मेसिन खरिद गरे पनि राजनीतिक सहमति प्राप्त गरी मतदाताको चेतनाको स्तर, राजनीतिक दल र आम नागरिकमा रहेको लोकतान्त्रिक संस्कार, निर्वाचन र लोकतन्त्रको मर्मप्रति राजनीतिक दलहरूले प्रर्दशन गरिरहेको परिपक्वताको तह समेतलाई ख्याल गर्नुपर्ने देखिन्छ।’ 

मतको गोपनीयता र मेसिनमा अभिलेख हुने डाटाको सुरक्षाबारे नास्ट वा राजनीतिक दलहरूसँगको परामर्शमा विज्ञहरूको टोली गठन गरी मेसिनको गुणस्तर तथा मतको सुरक्षाबारे उपयुक्त हुने ठहरिएको प्रविधि खरिद गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। यसरी खरिद गर्ने वा नेपालमै उत्पादन गर्ने विद्युतीय मेसिनहरू निर्वाचन आयोगको रेखदेख, निर्देशनमा रहनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ।

अध्ययनले विद्युतीय मेसिनको प्रयोग गर्ने वा नगर्ने निर्णय गर्नुअघि ८ कुरामा ध्यान दिन सुझाव दिएको छ । विद्युतीय मेसिन प्रयोग गर्ने उद्देश्यमा स्पष्टता, सम्भावित चुनौतीहरूबाट सावधान रहनुपर्ने, सरोकारवालाहरूको विश्वास, पर्याप्त तयारी, जनशक्ति विकास र तालीम, नीतिगत र कानुनी व्यवस्था, विद्युत्तीय मतदान प्रणालीको प्रयोग र मेसिनको प्राप्तिमा स्पष्ट हुनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। 

देशव्यापी विद्युतीय मेसिनको प्रयोग गर्ने सम्बन्धमा निर्णय गर्नुपूर्व विभिन्न किसिमका भौगोलिक र जनसांख्यिक प्रतिनिधित्व हुने गरी हिमाल–पहाड–तराई, सहरी र ग्रामीण इलाका आदिमा नमुना मतदान अभ्यास गर्नुपर्ने सुझाव पनि दिइएको छ। 

स्मार्ट फोनका एपहरूमा मानिस अभ्यस्त हुन थालेकाले विद्युतीय मेसिनको प्रयोग सम्भव भएको अध्ययन प्रतिवेदनको निष्कर्ष छ। 

अध्ययनले देशभर एकैपटक भन्दा विभिन्न चरणमा यसको प्रयोग गर्न सकिने सुझाव दिएको छ। ‘विद्युतीय मतदानको अभ्यास मुलुकभरि एकै पटक गर्नुभन्दा चरणबद्ध रुपमा गर्दै जाँदा आम मतदातामा विश्वास बढ्दै जान्छ’, प्रतिवेदनमा भनिएको छ, ‘कुन प्रणाली तुलनात्मक रुपमा मितव्ययी र प्रभावकारी रह्यो भन्ने वास्तविक तथ्य–तथ्यांकहरूको आधारमा वस्तुनिष्ठ ढङ्गले अध्ययन र विश्लेषण गरी मतदान मेसिनको प्रयोगलाई बढाउदै लैजाने वा नलैजाने निर्णय गर्न सकिन्छ।’ 

यसरी सम्भव छ विद्युतीय मतदान 
गाउँ–गाउँमा अहिले स्मार्ट फोनका एपहरूमा मानिस अभ्यस्त हुन थालेकाले विद्युतीय मेसिनको प्रयोग सम्भव भएको अध्ययन प्रतिवेदनको निष्कर्ष छ। 

‘सामाजिक सञ्जाल र एपहरूमा अभ्यस्त हुन थालेका नागरिक भएको देशमा विद्युतीय मेसिनको प्रयोग प्रभावकारी मतदाता शिक्षा दिन सकेमा सम्भव देखिन्छ,' प्रतिवेदनमा भनिएको छ, ‘मेसिनका लागि आवश्यक सफ्टवेयरको खरिद, सुरक्षा, भण्डारण, मर्मत र मतदाता शिक्षा जस्ता कुरामा खर्च वढे पनि लोकतन्त्र सुदृढीकरणको विषयलाई पैसासँग दाँज्न नमिल्ने देखिन्छ।’

यसअघि भारतबाट अनुदानमा प्राप्त विद्युतीय मेसिनबाट केही उप–निर्वाचनहरू सफलतापूर्वक सम्पन्न भएको भन्दै अध्ययन प्रतिवेदनले यही आधारमा मात्र निर्णयमा पुग्नु भने हतार हुने भनेको छ। बजारमा नयाँ-नयाँ प्रविधिका मेसिनहरू आएको र छनोटका लागि प्रशस्त विकल्पहरू बजारमा रहेकाले योसँगै जोखिम पनि धेरै देखिएको प्रतिवेदनमा उल्लेख छ। 

अवसर र जोखिमको वस्तुनिष्ठ विश्लेषण गर्दै सर्वोत्तम विकल्पको छनोट गर्नुपर्ने जिम्मेवारी निर्वाचन आयोग र सरकारको काँधमा हुने प्रतिवेदनमा उल्लेख छ। 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २ सय ५५ जना अन्तिम मतदाता कायम भएका छन् । मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजन... मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध उपसभापति महिलातर्फ भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्