काठमाडाैं- अमेरिकामा बेराेजगारहरुकाे संख्या घट्न थालेकाे छ। एक सात भरमा बेरोजगार दावी गरी निवेदन दिनेको संख्या ६ लाख ८४ हजार कायम भएको अमेरिकी प्रशासनले जनाएकाे हाे।
अलजजिराका अनुसार काेराेना महामारीपछि गत साता बेरोजगारको संख्या पहिलो पटक सात लाखभन्दा कम रेकर्ड गरिएको हाे। यसलाई अमेरिकी अर्थतन्त्रमा सुधार भएकाे संकेतकाे रुपमा लिइएकाे छ।
बेरोजगार कम हुनुलाई अमेरिकामा काेराेना भाइरसविरूद्धको खोप अभियानको सफल प्रभाब पनि मानिएकाे छ। काेराेना संक्रमितहरुकाे संख्या घट्दै जाँदा नागरिकहरु आ–आफ्नाे काममा फर्किएकाे अनुमान लगाइएकाे छ। यस अगाडि काेराेना संक्रमितकाे दर बढ्दा र राेजगारदाताहरुले कामदार निकाल्दा बेराेजगारीकाे संख्या ह्वातै बढेकाे थियाे।
श्रम विभागका अनुसार अमेरिकामा अझै महामारीको प्रभाव नियन्त्रणमा आइनसकेको भएपनि खोप अभियानका कारण यो साता थप दुई लाख ४१ हजार ७४५ बेराेजगारीहरुकाे संख्या रेकर्ड भएको छ ।
यससँगै महामारीका कारण रूग्ण बनेको अमेरिकी अर्थतन्त्रमा यो वर्ष सुधार आउने प्रक्षेपण गरिएकाे छ। यद्यपि अमेरिकी श्रमिकहरूलाई लक्षित गरी ल्याएको राहत कार्यक्रम यही मार्चमा सकिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड– १९ राहत प्याकेजमा अमेरिकी नागरिकलाई एक हजार चार सय डलर उपलब्ध गराउने जनाइएकाे थियाे ।
अमेरिकामा कोरोना भाइरस महामारीले सिर्जना गरेको मानवीय क्षति र आर्थिक क्षति निकै कहालीलाग्दो अवस्थामा पुगिसकेको छ । यसलाई सम्बोधन गर्न प्रभावकारी कदम जरुरी भइसकेको छ ।
देशको ऋणभार २२ ट्रिलियन डलर पुगे पनि डेमोक्रेट र रिपब्लिकन पार्टीले यसप्रति खासै वास्ता गरेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।