काठमाडाैं- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गठबन्धन सरकार बनाउने अनुमान गरिएकाे छ। बहुमत ल्याउने पक्का नभएपछि गठबन्धन गरेर सरकार बनाउने आकलन गरिएकाे हाे।
बिहीबार यो समाचार लेख्दासम्म ९० प्रतिशत मत गणना भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन्। अहिलेसम्मको मत गणना अनुसार प्रधानमन्त्री नेतान्याहुँको पार्टीले ५२ प्रतिशत सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ। उनलाई बहुमत पुर्याउन अरु ९ सिट आवश्यक पर्नेछ।
यता प्रतिस्पर्धी अर्को गठबन्धन लिकुड पार्टीले भने ५७ सिट सफलता प्राप्त गर्ने विश्लेषण गरिएको छ। त्यसैगरी लिकुड पार्टीको सहयोगी रहेको यमिना समूहले ७ सिट जित्ने अनुमान गरिएको छ। याे पार्टीले करिब ७ सिट ल्याएपनि नेतान्याहुलाई सरकार बनाउन अपुग हुने जनाइएकाे छ। इजरायलको सरकार गठनका लागि ६१ सीट संख्या आवश्यक पर्छ।
यता लिकुड पार्टीले सरकार गठनका लागि एक सदनात्मक संसदमा बहुमत नआउने देखिएपछि आन्तरिकरूपमा गठबन्धनको तयारी थालेको छ। संसदको कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो।
राजनीतिक अस्थिरताका कारण पटक पटक निर्वाचन गर्नु परेपनि पुरा कार्यकाल संसद चल्ने विश्वास मतदाताले गरेका छन्। निर्वाचनको अन्तिम नतिजा भने शुक्रबार सार्वजनिक हुने प्रबल सम्भावना रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।