काठमाडाैं- सामाजिक सञ्जाल फेसबुकले चिनियाँ ह्याकर्सकाे खाता बन्द गरेकाे छ। आफ्नो प्लेटफर्म प्रयोग गरेर मानव अधिकारकर्मी, पत्रकार र उइगर समर्थनहरुलाई निरुत्साहित गर्ने काम गरेकाे भन्दै फेसबुकले खाता बन्द गरेकाे हाे।
यससैगै ह्याकर्सहरूले प्लेटफर्मको प्रयोग मालवेयर (भाइरस) पठाउन र इन्टरनेटमार्फत अन्यको खाता ह्याक गर्न समेत राेक लागेकाे छ।
सिनजियाङ प्रान्तका उइगर मुस्लिमविरुद्ध कठोर नीति लिएको र अल्पसंख्यक उनीहरूको मानवअधिकार उल्लंघन गरेको भन्दै यूरोपेली संघ (ईयू)ले चीनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएकाे हाे। तर, चीनले भने ईयूले झुठो र गलत सूचना फैल्याएर देशकाे सार्वभौमिकता र हितमा नोक्सान पुर्याएको आराेप लगाउँदै आएकाे छ। यस्तैका अमेरिकी कम्पनीले फेसबुकले चिनियाँ ह्याकर्सहरुमाथि कडा कदम चालेपछि ईयूकाे समर्थनमा अमेरिका पनि रहेकाे स्पष्ट भएकाे छर
'ह्याकर्सले मानव अधिकारकर्मी र विदेशमा बसोबास गर्ने पत्रकारहरुलाई उइगर समुदायको पक्षमा लक्षित गरेका थिए। खास गरी टर्की, अमेरिका, सिरिया, अष्ट्रेलिया, क्यानडालगायत अन्य देशहरूमा बस्ने मानिसहरूलाई लक्षित गरेकाे पाइएकाे छ,' फेसबुकको सुरक्षा नीति प्रमुख नथनिएल ग्रेलेशियरले बुधवार जारी एक विज्ञप्तिमा भनिएकाे छ।
फेसबुकका अनुसार ह्याकर्सले उइगर समुदाय सम्बन्धि पाेस्ट गरेर पत्रकार, विद्यार्थी र मानव अधिकारकर्मीलाई लिंक पठाउने गरेका थिए। उक्त लिंक खाेलेपछि खातामा सहजै प्रवेश गरेर जासुसी गर्ने गरेका थिए।
मालवेयर ट्र्याकिङ्ग कम्पनीसँग सम्बन्धित शोधकर्ताहरूका अनुसार ह्याकर्सले प्रयोग गर्ने एन्ड्रोइड उपकरण बेइजिङ बेस्ट युनाइटेड टेक्नोलोजी कम्पनी लिमिटेड र डालियान ९ रास टेक्नोलोजी कम्पनी लिमिटेडले विकसित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।