काठमाडाैं- पाकिस्तानको उत्तरी गिलगित बाल्टिस्तान क्षेत्रमा एक अज्ञात आक्रमणकारीले गोली चलाउँदा पाँच व्यक्तिको मृत्यु भएको छ। बिहीबार भएकाे घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्।
गिलगितका वरिष्ठ प्रहरी अधिकृत मिर्जा हसनका अनुसार अज्ञात बन्दुकधारी समूहले नल्टार क्षेत्रस्थित पुल नजिकै भ्यानमा गोली हानेको थियो।
'यात्रुवाहक भ्यान गिलगितबाट नल्टारबाला जाँदै थियाे। गाडीमा महिला र केटाकेटी मात्रै थिए। त्यही समयमा आक्रमण भएकाे हाे,' उनले भने। घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएकाे छ।
घटना लगत्तै आक्रमणकारी फरार भएका छन्। उनकाे खाेजी भइरहेकाे जनाइएकाे छ। उक्त स्थानमा प्रहरी परिचालन गरिएकाे छ। हालसम्म आक्रमणकाे कुनै समूहले जिम्मेवारी लिएकाे छैन।
घटनाको लगत्तै गिलगित बाल्टिस्तान गृहमन्त्रालयले कानून रेड अलर्टमा रहन र सबै सार्वजनिक भवनहरू र संवेदनशील स्थानहरूको सुरक्षा सुनिश्चित गर्न आदेश दिएकाे छ।
गिलगित बाल्टिस्तानका मुख्यमन्त्री खालिद खुर्शीदले सुरक्षा एजेन्सीलाई आक्रमणकर्तालाई खोज्न र पक्राउ गर्न आदेश दिएका छन्। 'हत्यारालाई कानूनी दायरामा ल्याउन र यस क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न सरकारले हर सम्भव कदम चाल्छाैं,' एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री खुर्शीदले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।