काठमाडाैं- ताइवानले चिनियाँ सेनाको बढ्दो आक्रमणलाई रोक्नका लागि आफ्नो सुरक्षा प्रणालीलाई सुदृढ पार्ने भएको छ।
चिनियाँ सेनाको आक्रमणलाई रोक्न ताइवानले सैन्य अभ्यासलाई तीव्र बनाएकोले जनाएको छ। यसका साथै वायु रक्षालाई सुदृढ पार्न मिसाइलहरू तैनाथ गरिएको समाचारमा उल्लेख छ।
ताइवानले सुरक्षा चुनाैती रहेकाे स्थानमा अमेरिकी मिसाइलहरू परिचालन गरिरहेको छ। चीनले ताइवानलाई आफ्नो भू-भाग मान्ने गर्छ र यसलाई कब्जा गर्न बल प्रयोग गर्ने धम्कीसमेत दिएको छ। चीनले यस महिनासम्म १२ पटक लडाकू विमान पठाएको छ।
मार्च २४ मा दुई चिनियाँ लडाकू जेट विमानले ताइवानको एयरस्पेस तोडेको समाचारमा उल्लेख छ। यो महिनाको यो १२ औं घटना थियो।
ताइवान न्यूजको समाचारका अनुसार गत मार्चदेखि नियमित सैन्य अभ्यासहरू गरिएको छ। सैन्य सवारी साधन र उपकरणको आवागमन ताइवानको उत्तरी र दक्षिणी क्षेत्रका सडकहरूमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।