काठमाडाैं- जम्मू-कश्मीर राज्यअन्तर्गतकाे श्रीनगरमा आतंककारी आक्रमण परी एक जवानकाे मृत्यु भएकाे छ। घटनामा अन्य ३ जवान घाइते भएका छन्।
बिहीबार साँझ लावेपोरा इलाकामा गस्तीमा गइरहेका केन्द्रीय रिजर्व पुलिस बल (सीआरपीएफ)का जवानहरुमाथि गाेली प्रहार गरिएकाे हाे।
सीआरपीएफका प्रवक्ता ओपी तिवारीले मंगाराम देव ब्रम्माको मृत्यु भएकाे पुष्टि गरेका छन्। यस्तै नाजिम अली, जागरनाथ राई र अशोक कुमारको अवस्था गम्भीर रहेकाे उनले बताए।
गम्भीर घाइते भएका सीआरपीएफका जवानहरूलाई उपचारका लागि नजिकैकाे अस्पताल लगिएको छ।
घटना लगत्तै सुरक्षा बलले सम्पूर्ण क्षेत्रमा घेरा हालेको छ। यद्यपि आतंकवादीहरू घटना लगत्तै भाग्न सफल भएका थिए। उनीहरुकाे खाेजि व्यापक भइरहेकाे बताइएकाे छ।
आतंकवादी संगठन द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)ले आक्रमणकाे जिम्मेवारी लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।