काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरेको बताएका छन्।
ओलीले सोधेको स्पष्टीकरण पत्रको जवाफ लेख्दै नेता नेपालले आफूलगायत केन्द्रीय कमिटीका धेरै सदस्यहरूलाई जानकारी नगराई आफ्ना गुटका मानिसको भेला गरेर पार्टी विधानका विभिन्न धाराहरुको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले ओलीले स्पष्टीकरण सोध्नु नै अवैध भएको जिकीर गरेका छन्।
ओलीले पार्टी विधान र संविधान समेत मिचेर कारबाही भोग्ने कार्य गरेको उल्लेख गरेका छन्।
'पार्टी विधान र पद्धतिलाई ध्वस्त गर्नेतर्फ तपाईं उद्दत हुनुभएपछि नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिको रक्षाका लागि देशभरिका कार्यकर्ताहरूले गरेको छलफल र चिन्ता पार्टीको रक्षा एवं हितका लागि अत्यावश्यक भएको तथ्य स्पष्टै छ', नेपालले भनेका छन्, 'तपाईंले बालुवाटारमा गुटको अवैधानिक भेलालाई पार्टी केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिने पार्टी विधान विपरीतको कार्य गर्नुका साथै पार्टी विधान र नियमावली तथा सम्बन्धित जनसंगठनका विधानहरु विपरीत देशभरी पार्टी कमिटी तथा पार्टीसँग सम्बद्ध जनसंगठनहरुको स्वेच्छाचारी किसिमले गठन र पुनर्गठन गर्दै पार्टीको एकता र प्रणालीमाथि नै प्रहार गरी पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरिरहनु भएको छैन र?'
नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनाश्याम भुसाल र नेता सुरेन्द्र पाण्डे चारै जनाको स्पष्टीकरण पत्र एमाले पार्टी कार्यालय धुम्बाराहीमा बुझाइएको छ। ओलीले यी चार जना नेतालाई पार्टी हितविपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेका थिए।
यस्तो छ नेपालको स्पष्टीकरण पत्र :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।