काठमाडाैं- बेलायतकी महारानी एलिजाबेथ द्वितीयाकी नातिनी जारा टिन्डलले आइतबार तेस्रो सन्तानलाई जन्म दिएकी छिन्।
आइतबार उनले समयमै अस्पताल पुग्न नसकेपछि बाथरुमै छोरालाई जन्म दिएकी हुन्। जराले छोराको नाम लुकास फिलिप टिन्डल राखेकी छिन्। लुकासको नाम उनकी आमा जाराका हजुरबुवा राजकुमार फिलिप र माइकका आफ्ना पिताको नाममा राखिएको हो।
जारा टिन्डल ९४ वर्षीया महारानी एलिजाबेथकी छोरी राजकुमारी ऐन र बेलायतका पूर्व रग्बी खिलाडी माइक टिन्डलकी छोरी हुन्।
‘जाराको सुत्केरी अवस्थामा उनी साह्रै डराएकी थिइन्। वास्तवमा जब जारा पीडामा थिइन्, उनको साथी डलीबाहेक घरमा अरू कोही थिएनन्। जारालाई अस्पतालमा लैजान मसँग पर्याप्त समय थिएन। जाराले घरको बाथरूमको फ्लोरमा छोरो जन्म दिएकी हुन्,’ माइक टिन्डलले भने।
बकिङ्घम दरबारका प्रवक्ताले महारानी र ड्युक अफ एडिनबर्ग बच्चाको जन्मको खबर खुसी भएको र उनी आफ्ना १० औं पनाती भेट्ने प्रतीक्षामा भएको बताएका छन्।
लुकास बेलायतका सिंहासनका उत्तराधिकारीको लाइनमा २२ औं नम्बरमा छन्। उनी जाराका तेस्रो सन्तान हुन्। लुकासका दुई दिदी मिया र लिन छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।