फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कानुन व्यवसायीहरूसँग छलफल गरेको छ। माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा कानुन व्यवसायीहरूसँग छलफल सुरु भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेताहरू देव गुरुङ र जनार्दन शर्मालगायतका नेताहरू सहभागी छन्।
फागुन २३ मा सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको एकता नै अवैधानिक भएको भन्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो। यसका साथै सर्वोच्चले नेकपालाई एकताअघिको अवस्थामा नै फर्काइदिएको थियो।
चैत १० गते माओवादी केन्द्रको स्थायी कमिटी बैठकले नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरवलोकनमा जाने निर्णय गरेको थियो। पुनरवलोकनकै लागि छलफल सुरु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।