काठमाडाैं- हकङकमा काेराेना भाइरसविरुद्धकाे खाेप लगाएका थप दुई व्यक्तिको मृत्यु भएको छ भने अन्य ९ जनाकाे अनुहार प्यारालाइसिस भएको छ।
हङकङ फ्रि प्रेसका अनुसार याेसँगै काेराेना खाेप लगाएर मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ। जसमध्ये नौ जनाले चीनमा निर्मित सिनोभ्याक खाेप र एकजनाले जर्मनमा निर्मित फाइजर र बायोएनटेककाे खाेप लगाएका थिए।
यस्तै यसअघि खोप लगाएपछि दुईजनाको अनुहार प्यारालाइसिस भएकाे थियाे।
अनुहार प्यारालाइसिस हुने नौजनामध्ये आठले सिनोभ्याक्सकाे खाेप लिएका थिए भने अर्को एकले बायोटेककाे खाेप लिएका थिए।
हङकङमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पनि देखिएको छ। हालसम्म कोरोनाको नयाँ प्रकारबाट संक्रमित बन्नेको संख्या ११६ पुगेको छ। यससँगै कोरोनाबाट संक्रमितकाे कुल संख्या ११ हजार ४२९ पुगेको छ।
कोरोनाका कारण २०४ को मृत्यु भएकाे छ। १० हजार ९६३ कोरोनामुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।