काठमाडौं- बर्मेली सेनाकाे स्वामित्वका दुई कम्पनीलाई कालोसूचीमा राख्ने अमेरिकाले तयारी गरेकाे छ। गत फेब्रुअरी १ मा सेनाले ‘कू’ गरेयता प्रदर्शनकारीमाथि व्यापक दमन भएसँगै अमेरिकाले ती कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गरेको अलजजिराले जनाएको छ।
स्रोतका अनुसार अमेरिकाले म्यानमारको म्यानमार इकोनोमिक कर्पोरेसन (एमईसी) र म्यानमार इकोनोमिक होल्डिङ्स (एमईएचएल)माथि प्रतिबन्धको लगाउन लागेको हो। एमईएचएलले भने अहिले कम्पनी आफ्नो व्यवसायमा केन्द्रित रहेको भन्दै अमेरिकाको कदमबारे कुनै प्रतिक्रिया दिएको छैन।
गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले ठूलो जीत हासिल गरेको थियो। उक्त मतगणना पछि राष्ट्रपति विन मिन्ट र एनएलडीकी प्रमुख नेतृ आङ साङ सू चीसहित अधिकांश नेताहरुलाई सेनाले पक्राउ गरेर सैन्य शासन लागु गरिएको थियो। त्यसयता म्यानमारमा सेनाविरुद्ध प्रदर्शन जारी छ।
जारी प्रदर्शनमा २६४ जनाको मृत्यु भइसकेको छ भने २२ सयभन्दा बढी पक्राउ परेका छन्।
यता अमेरिकालगायत पश्चिमा मुलुकले म्यानमारमाथि दबाब बढाउन प्रतिबन्ध लगाउँदै आएका छन्।
अमेरिकी राष्ट्रपति जो वाइडेनले फेब्रुअरी ११ मा एक कार्यकारी आदेश जारी गरेर म्यानमार सेना र यसकाविरूद्ध नयाँ प्रतिबन्ध लगाउने बाटो खोलिदिएका थिए। उक्त आदेशले म्यानमारको केन्द्रीय बैंकले न्युयोर्क फेडरल रिजर्भमा करिब १ अर्व अमेरिकी डलर जम्मा गरेको थियो।
सेनाले सत्ता कब्जा गरेपछि उक्त रकम म्यानमारको बैंकले फिर्ता लिन प्रयास गरेका थिए। तर, अमेरिकाले फिर्ता भने दिएन।
यसअघि नै अमेरिकासँगै बेलायत, ईयू र क्यानडाले पनि म्यानमारको सेनाका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।