काठमाडौं- यो साता कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.२९ अंकले घटेको छ। नेप्से परिसूचक ०.८३ प्रतिशतले घटेर २५४८.९६ अंकमा कायम भएको छ।
बिहीबार २०८ वटा कम्पनीको १ करोड २५ लाख १८ हजार कित्ता सेयर ७४ हजार ६५८ पटक खरिद–बिक्री हुँदा ६ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
व्यापार, होटेल तथा पर्यटन र लगानी समूह क्रमशः १७४.८८, १५४.०७ र १.१९ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १६९.८ अंकले घटेको छ। त्यस्तै बैंकिङ १९.६७, विकास बैंक १९.९२, जलविद्युत ४४.२९, वित्त २.८८ र निर्जीवन बिमा समूह ५४.१५ अंकले घटेको छ। उत्पादन समूह, लघुवित्त समूह र अन्य समूह क्रमशः ४९.६३, ४७.५४ र ३७.२२ अंकले घटेको छ।
बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने अपर तामाकोशी हाइड्रोपावरको २६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक पहिलो नम्बरमा देखिएको छ। बैंकको १४ लाख ६२ हजार कित्ता सेयर कारोबार भएको छ।
सबैभन्दा धेरै चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता १० प्रतिशतका दरले कमाएका छन भने नेपाल बंगलादेश बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६.१४ प्रतिशतका दरले गुमाएका छन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।