फाइल तस्बिर।
काठमाडाैं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन्। बैठक शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा तीन अजेन्डामाथि छलफल हुने बताए। उनका अनुसार चालु संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, संघीय सांसदका संसद्हरूलाई विकास निर्माणका योजना पेश गर्ने भन्ने विषयमा 'आइडिया' दिने र संसदीय दललाई एकढिक्का बनाउने अजेन्डामा छलफल हुनेछ।
यसअघि एमालेको संसदीय दलको बैठक चैत ७ गते बालुवाटारमै बसेको थियो। उक्त बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू सहभागी भएका थिएनन्। बालुवाटारमा बस्ने बैठकमा सहभागी नहुने उनीहरूले अडान छ।
चैत ७ गते बसेको बैठकले संसदीय दलको विधान परिवर्तन गरी सांसदहरूलाई कारबाही गर्न सक्ने अधिकार दलका नेता एवं प्रधानमन्त्री ओलीलाई दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।