काठमाडौं–प्रधानमन्त्री केपी सरकार नेतृत्वको सरकार ढाल्न अग्रसर नभएपछि जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि कटाक्ष गरेका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले कसैको नाम नलिई प्रतिपक्षी दल आफ्नो धर्म पूरा गर्न चुकेको आरोप पनि लगाएका हुन्। भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिपक्षीको भूमिका सम्झाएका हुन्।
‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो,’ उनले ट्विटरमा भनेका छन्, ’असंवैधानिक ढंगले संसद विघटन गर्न असफल भएपछि नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।