काठमाडौं– बालुवाटारस्थित ललिता निवास क्याम्पभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले असन्तुष्टि व्यक्त गरेकी छन्।
मन्त्रीस्तरको निर्णयबाट घर टहरा निर्माण रोक्न मन्त्री तुम्बाहाङ्फेले निर्देशन दिएकी छन्। संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालयलाई पत्र लेख्दै कानूनविपरीत निर्माण भइरहेका संरचनाको काम रोक्न मन्त्रालयले आग्रह गरेको हाे।
नक्सापास र संरचना निर्माण रोक्न भूमि व्यवस्था मन्त्रालयका शाखा अधिकृत महेशराज भट्टराईले पत्र लेखेका हुन्।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा १७५ जना विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।