काठमाडाैं- संघीय अनुसन्धान एजेन्सी (एफआईए)ले कराचीको जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा युवतीलाई दुर्व्यवहार गरेकाे आराेपमा एकजना अध्यागमन अधिकारीलाई निलम्बित गरेको छ।
गल्फ न्यूजका अनुसार सुरक्षा अधिकारीले सोमबार साँझ बहराइनबाट आएकी युवतीलाई दुर्व्यवहार गरेकाे जनाइएकाे छ।
एफआईए अधिकारीले नम्बर मागेकाे ती युवतीले आराेप लगाएकी छिन्। उक्त घटनापश्चात एजेन्सीले दुर्व्यवहार गरेको आरोपमा उक्त अधिकारीलाई निलम्बन गरेको हाे। तर निलम्बनमा पर्ने अधिकारीकाे नाम भने खुलाइएकाे छैन।
उक्त घटनाको भिडियो त्यहाँ उपस्थित व्यक्तिहरुले रेकर्ड गरेका थिए र अध्यागमन अधिकारीले कुनै प्रश्नको उत्तर दिन सकेनन्।
'मैले उनलाई नम्बर सूचीमा लेख्न भन्दै थिएँ। ती युवतीले नम्बर हाेइन चकलेट दिन्छु भनेर ठट्टा गरिन्,' ती अधिकारीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।