काठमाडाैं- जापानको राजधानी टोकियोमा बुधबार थप ४२० जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। योसँगै टोकियोमा कूल संक्रमितकाे संख्या एक लाख १८ हजार ४६१ पुगेको छ।
टोकियोमा बुधबार दोस्रो पटक दैनिक संक्रमितकाे संख्या ४०० नाघेको हो। यसअघि अघिल्लो एकैदिनमा ४०९ जना संक्रमि भएका थिए।टोकियो क्षेत्रमा यसअघि लामो समयदेखि लागू गरिएको धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएपछि संक्रमित पुन: बढ्न थालेकाे छ।
पछिल्लो सात दिनमा औसतमा ३०९.७ जना नयाँ संक्रमित थपिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
जापानमा अहिलेसम्म चार लाख ५७ हजार ७५४ जना संक्रमित छन्। त्यसैगरी कोरोना संक्रमणबाट आठ हजार ८६१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।