काठमाडाैं- फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले लिबियास्थित दूतावास सात वर्षपछि पुनः खोल्ने बताएका छन्। लिबियाको नयाँ सरकारलाई समर्थन गर्दै दूतावास खोल्ने निर्णय गरिएको उनले बताए।
अलजजिराका अनुसार आगामी सोमबारबाट लिबियाको राजधानी त्रिपोलीमा रहेको फ्रान्सेली दूतावास खुल्ने छ। ‘सोमबार त्रिपोलीको हाम्रो दूतावास पुनः खुल्नेछ र हाम्रा राजदूत पनि तपाईको भूमिमा आउनेछन्,’ लिबियाका प्रेसिडेन्सी काउन्सिलका प्रमुखसँगको कुराकानीमा म्याक्रोनले भने।
सन् २०११ मा लिबियाका शासक मुअमर गद्दाफीको पतनसँगै लिबियामा अशान्ति सुरु भएको थियो। यता पूर्वी र पश्चिमी क्षेत्रमा फरकफरक नेतृत्वको सरकार थियो।
सन् २०१४ मा त्रिपोलीमा द्वन्द्व भड्किएसँगै फ्रान्सले ५० फ्रान्सेली तथा बेलायती नागरिकको उद्धार गर्दै दूतावास बन्द गरेको थियो।तर, मार्च १६ देखि प्रधानमन्त्री अब्दुल हामिद डिबेइबाहको नेतृत्वमा एकल सरकार बनेको छ।
यो सरकार बनेसँगै १० वर्षको हिंसापछिको संक्रमणकालीन अवस्था पनि सकिएको छ। फ्रान्सका राष्ट्रपति म्याक्रोनले लिबियाको सार्वभौमिकता र स्थायित्वको मुद्दामा जे गर्न पनि तयार रहेको बताएका छन्।
म्याक्रोनले लिबियाको सार्वभौमिकता र स्थायित्वको मुद्दामा जे गर्न पनि तयार रहेको बताएका छन्। ‘लिबियाकोलाई मेरो साथ र समर्थन छ,’ म्याक्रोनले भने,‘लिबियामा शान्ति बिना क्षेत्रीय स्थायित्व असम्भव थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।