काठमाडाैं- उत्तर कोरियाले दुई मिसाइल परीक्षण गरेको छ। जनवरीमा जो वाइडेनले अमेरिकी राष्ट्रपतिको सत्ता सम्हालेदेखि उत्तर काेरियाले पहिलोपटक मिसाइल परीक्षण गरेकाे हाे।
अलजजिराका अनुसार आइतबार पश्चिमी किनारमा दुई मिसाइल परीक्षण गरिएको थियो। ‘उत्तर कोरियाले दुई छोटो दूरीको मिसाइलहरू परीक्षण गरेको थियो। याे प्रक्षेपणलाई सामान्य र नियमित हाे,’ दुई अमेरिकी अधिकारीले नाम नछाप्ने सर्तमा भने।
यता वाइडेन प्रशासनले भने परीक्षण गरिएको मिसाइल संयुक्त राष्ट्र सुरक्षा परिषदले प्रतिबन्ध लगाएको मध्ये नभएको जानकारी दिएको छ।
‘परीक्षण गरिएको क्रूज मिसाइल हो, यो ब्यालिस्टिक मिसाइल होइन। यसलाई उक्साहटका रुपमा लिएकाे छाैनाैं,’ अमेरिकी रक्षा मन्त्रालयले योनहप समाचार एजेन्सीलाई भनेको छ।
गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनबीच भियतनामको हनोईमा भएको निःशस्त्रीकरण वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।
त्यसपछि उत्तर कोरियाले आफूमाथिका नाकाबन्दी खुकुलो पार्नका लागि अमेरिकालाई दबाब दिइरहेकाे छ। उसले दबाब बढाउन नाकाबन्दी खुकुलो नपारे आणविक परीक्षणसमेत सुरु गर्ने धम्की दिन थालेको छ।
अमेरिका भने उत्तर कोरियालाई आणविक निःशस्त्रीकरण गर्न दबाब बढाइरहेको छ। अमेरिकामा वाइडेनले पद सम्हालेयता उत्तर काेरियासँग झन सम्बन्ध बिग्रिदै गएकाे छ। यद्यपि वाइडेन प्रशासनले उत्तर कोरियासँग वार्ताका लागि प्रयास गरिरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।