काठमाडाैं- बम्बे हाईकोर्टले टीआरपी घोटाला रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई पक्राउ गर्न तीनदिन अगाडि उनलाई सूचना दिन प्रहरीलाई आदेश दिएको छ।
न्यायधिशद्वय एसएस शिन्दे र मनीष पितलेको ए डिभिजन बेञ्चले एआरजी आउटलेटर मिडिया, रिपब्लिक टिभी र अन्य च्यानलहरू चलाउने र गोस्वामीविरुद्धकाे मुद्दा हेर्दै छ। यता प्रहरीले तीन महिना भित्र रिपब्लिक टिभीविरुद्धको छानबिन पुरा गर्ने आदालतलाई जानकारी दिएकाे छ।
गोस्वामी यतिबेला आत्महत्या दुरुत्साहनको अर्को एउटा मुद्धामा जमानतमा छन्। ५३ वर्षका एक इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको मुद्दामा गोस्वामीलाई अघिल्लो वर्ष नोभेम्बर ४ मा मुम्बईको घरबाट पक्राउ गरिएको थियो
११ नोभेम्बरमा उनले सर्वोच्च अदालतबाट जमानत पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।