काठमाडाैं- ब्रिटेनका ‘ड्यूक अफ ससिक्स’ राजकुमार ह्यारीले प्रविधिको राजधानी मानिने सिलिकन भ्यालीको ‘स्टार्टअप बेटरअप’मा जागिर सुरु गरेका छन्। ‘स्टार्टअप बेटरअप’ले सेवाग्राहीलाई मानसिक स्वास्थ्यसम्बन्धी प्रशिक्षण दिने काम गर्छ।
सीएनएनका अनुसार ‘चिफ इन्प्याक्ट’ अफिसरका रुपमा उनले जागिर सुरु गरेका हुन्। कम्पनी र ह्यारीका प्रवक्ताले समेत उनले जागिर सुरु गरेकाे पुष्टि गरेका छन्। यद्यपि उनी कम्पनीमा कति तलब लिने भन्ने खुलेको छैन।
कम्पनीको वेबसाइटमा ह्यारीलाई ‘मानवतावादी, सैन्य अनुभवी, मानसिक स्वास्थ्यको पक्षमा बोल्ने र वातावरणवादी’का रुपमा चिनाएकाे छ।
कम्पनीमा ह्यारीको भूमिका ‘प्रोडक्ट स्ट्राटेजी डिसिजन र च्यारिटेबल कन्ट्रिब्युसन’का साथै सार्वजनिक मानसिक स्वास्थ्यसम्बन्धी हुने जनाइएकाे छ।
बेलायती राजपरिवार सदस्यको महत्वपूर्ण भूमिका छोडेका ह्यारी दम्पतीले बेलायत नै छोडेका थिए।
अहिले उनी श्रीमती मेगनसँगै अमेरिकाकाे क्यालिफोर्नियामा बसिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।