काठमाडाैं- म्यानमारमा सैन्य ‘कू’काे विरोधी प्रदर्शनका क्रममा पक्राउ परेका ६ सयभन्दा बढी प्रदर्शनकारी रिहा भएका छन्।
बुधबार ३६० पुरुष र २६८ जना महिलालाई रिहा गरिएकाे जेलका एक वरिष्ठ अधिकारीले बताएका छन्।
‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ,’ एक वरिष्ठ अधिकारीले भने।
म्यानमारमा सैन्य ‘कू’ भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ। सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।