काठमाडौं–पछिल्लो समय कोरोना संक्रमण बढेसँगै भारतमा विभिन्न कार्यक्रममा रोक लगाउन थालिएको छ।
यसै सन्दर्भमा होली पर्व मनाउन रोक लगाउने तयारी भइरहेको पनि समाचारहरुमा उल्लेख छ। ठूलो भीडभाड हुने भएकोले भारत सरकारले होली मनाउन रोक लगाउने तयारी गरेको हो।
दैनिक उच्च संख्यामा कोरोना संक्रमित बढ्न थालेसँगै भारतका विभिन्न राज्यले कोभिड नियन्त्रण तथा रोकथामसम्बन्धी नीतिमा कडाइ गर्ने तयारी गरेका छन्।
पछिल्लो केही दिनदेखि भारतका महाराष्ट्र, पञ्जाब, गुजरात, केरला, कर्नाटाका, मध्यप्रदेशमा धेरै संक्रमित भेटिएका छन् ।
भारत सरकारले यसअघि नै कोभिड नियन्त्रणका मापदण्ड पालना गर्न निर्देशन दिइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।