काठमाडौं–ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीटको डिजिटल भर्सन करीब २ दशमलव ९ लाख डलर विक्री गरेका छन्।
उनले दुई साताअघि आफ्नो पहिलो ट्वीट पोष्टको डिजिटल लिलामी राखेको घोषणा गरेका थिए।
उनले सन् २००६ को मार्च २१ मा पहिलो ट्वीट पोष्ट गर्दै लेखेका थिए, ‘मैले आफ्नो ट्विटर सुरुवात गरिरहेको छु।
उनको यो ट्वीट ब्रिज ओराकलका सिइओ एवम् मलेशियन व्यापारी सिना एस्टेवीले खरीद गरेका हुन्।
डिजिटल प्लेट फर्म भ्यालुएबल्स बाय सेन्टले उक्त ट्वीटको लिलाम विक्री गर्ने व्यवस्था मिलाएको थियो।
डोर्सीले यो लिलामबाट आएको पैसा गैर नाफामुलक अफ्रिकी संस्था गिभ डाइरेक्टलीमा दिने पनि बताएका थिए।
यो सामाजिक संस्थाले पछिल्लोपटक कोरोना महामारीका कारण आर्थिक समस्या झेलिरहेका अफ्रिकी परिवारको लागि रकम जम्मा गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।